logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गीत सङ्गीतमा भविष्य देख्दै : इन्दिरा खड्का


  • जन आकाश
  • सोमबार, भाद्र २४ २०८१

काठमाडौं । बोलीमा मिठास आवाजमा एक प्रकारको जादु, हसिली स्वभाव भएकी इन्दिरा खड्का आफ्नो गायकी प्रस्तुति देखाउन जन आकाश मिडियाको कार्यालय सम्म आइपुगेकी छिन् ।



उनै नव गायिका गीत रेकर्ड गर्न चाहन्छिन् तर गीत रेकर्ड गर्न परिवारको आर्थिक अवस्था एकदमै दयानिय रहेको छ । अहिले पढाइसँगसंगै गीत सङ्गीमा पनि पाइलाहरू चालिरहेकी छिन् । गीत रेकर्ड गर्ने अवसर खोज्दै जन आकाश मिडियाले निर्माण गरेको प्रतिभाको लागि सम्मान र नव प्रतिभाको लागि स्थान दिने सङ्गीत खबर कार्यक्रम सम्मा आएको बताउँछिन् ।

रामेछापमा जन्मेकी इन्दिरा खड्का सामान्य परिवारमा हुर्केकी चेली हुन् । सानैदेखि गायिका बन्छु भनेर सपना देखेकी इन्दिरा खड्का गाउँघरमा मेलापात, उकाली, ओराली, घाँस, दाउरा गर्दा गीत गुनगुनाउने गर्थिन् । उनको आवाज सुनेर सबैले भविष्यमा गायिका बन्छेस् भनेर छरछिमेक, आफन्तहरूले उनलाई हौसला प्रधान गर्ने गर्थे ।

सानैदेखि गीत सङ्गीत क्षेत्रमा भविष्य देखेकी इन्दिरा खड्का स्कुल, कलेजका कार्यक्रममा आफ्नो गायकी प्रस्तुति पस्किने गर्थिन, आफूले गाएको गीत सुनेर स्कुलका साथीभाइ र गुरुहरूले गीत सङ्गीतमा लाग्न सल्लाहा सुझाव दिने बत्ताउँछिन् । गीत सङ्गीतमा लाग्न घरपरिवारको समर्थन रहेको, परिवारले पनि गीत सङ्गीतलाई राम्रोसँग बुझेको तर गीत रेकर्ड गर्न परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको इन्दिरा खड्का बताउँछिन् ।

गीत गाउने र आफ्नो गीतमा आफै अभिनय गर्ने गाउनेसँगै अभिनयमा पनि उतिकै रहर भएकी इन्दिरा खड्का गीत गाएर देशलाई चिनाउने सोच बोकेको बताउँछिन् ।

सकारात्मक सोच बोकेर गीत सङ्गीतमा लागेकी इन्दिरा खड्का दर्शकको साथ सपोर्ट पाए छिटै गीत निकाल्ने जन आकाश मिडियासँग बताउँछिन् ।

पुरा भिडियो तला लिङ्क दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend