logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कलाकार विनोद श्रेष्ठको संर्घषपछिको सफलता


  • जन आकाश
  • सोमबार, भाद्र २४ २०८१

काठमाडौं ।  विगत लामो समयदेखि कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका विनोद श्रेष्ठ हजारौँ दर्शक श्रोताको मनमा बस्न सफल भएका व्यक्ति हुन् ।



चाहे म्युजिक भिडियोमा होस या सिरियलमा उनले गरेका काम दर्शकले रुचाएकै हुन्छन् । पछिल्लो समय आफूलाई व्यस्त कलाकारको रूपमा पनि चिनाएका छन् । उनै कलाकार महिनाको २५, २६ दिन सुटिङमै व्यस्त हुन्छन् बाकी समय आफ्नो परिवार र समाज सेवामा बिताउने गर्दछन् । नेपाली मौलिकता झल्कने नेपालका हिट सिरियल भुन्टी, जुठे, टुहुरी, सकस बाट आफूलाई चिनाउँदै चर्चामा आएका विनोद श्रेष्ठको कलाकारिता क्षेत्रमा छुट्टै काहानी र सङ्घर्षहरु छन् ।

कुनै बेला कलाकार विनोद श्रेष्ठसँग सुटिङमा जाँदा गाडी भाडा हुदैन् थियो, एक प्लेट मःमको भरमा बेलुकाको खाना टार्ने गर्थे । । सडकको गल्लि गल्लिमा कामको सिलसिलामा भौतारिने गर्थे । अहिले उनै कलाकारलाई हेर्ने हो भने कलाकारिता क्षेत्रमा स्थापित भइसकेका छन्, आफ्नै गाडी, घर छ । महँगी सहरमा कलाकार भएर हिँड्ने हैसियत बनाएका छन् ।

कलाकार विनोद श्रेष्ठ भनेर सर्वाधिक दर्शकलाई चिनाएका छन् । यो नै उनको ठुलो सफलता हो जोकोहिले यो सफलता नपाउन पनि सक्छन् । याक्टिङ गर्दा होस या म्युजिक भिडियोमा डान्स गर्दा कलाकारिताको भावमा डुबेर अभिनय गर्ने विनोद श्रेष्ठ आफूले कलाकारिता क्षेत्रमा भोगेका तिता, मिठा अनुभव जन आकाश मिडियाले निर्माण गरेको सङ्गीत खबर कार्यक्रममा सुनाउँछन् ।

आज भोली केमा व्यस्त हुनुहुन्छ ?
आज भोली सिरियल, सट मुभिको सुटिङ तिर नै व्यस्त हुन्छु । अरू काममा समय दिन पाएको छैन महिनामा २५, २६ दिन सिरियल, सट मुभिको सुटिङ हुन्छ । पछिल्लो समय कलाकारिता क्षेत्रमा आफूलाई निकै व्यस्त बनाएको छु, यो व्यस्त नै मेरो सफलता हो भन्ने ठान्छु ।

कलाकारिता क्षेत्रमा लागेको कति भयो ?
कलाकारिता क्षेत्रमा लागेको २६, २७ वर्ष भयो २०५६ सालदेखि कलाकारिता क्षेत्रमा निरन्तर लागेको छु । म रङ्गकर्मी पनि हो २०५४ सालदेखि २६ सालसम्म जमल सांस्कृतिक कला केन्द्रबाट अभिनय प्रशिक्षण लिएर आएको छु । कलाकारिता क्षेत्रको मैले लामो अनुभव बोकेको छु, दर्शकको माया साथ सपोर्टले आजसम्म कलाकारिता क्षेत्रमा टिकी रहेको छु ।

कलाकारिता क्षेत्रमा लागि रहँदा कुनै सम्झिन लायक अबिष्मरणिय क्षण छन् तपाईका ?
कलाकारिता क्षेत्रमा मेरो आफ्नै कथा, व्यथा र संर्घष छ । यो क्षेत्रमा मैले धेरै मेहनत गरेको छु । ती हिजोका दुखका दिनहरूलाई सम्झिदा आज पनि अचम्म लाग्छ । एक पिलेट मःम किनेर अचार धेरै माग्थे अनि त्यो अचार प्याक गर्न लगाएर घरमा लगेर खानासँग खान्थे तरकारी किन्ने पैसा हुदैन् थियो । मःमको अचारसँग खाना खाएर छाक टार्ने र्गथे । मेरो जीवनमा त्यस्ता दुखका दिनहरू धेरै छन् ।

कलाकारिता क्षेत्रको भविष्य के छ जस्तो लाग्छ तपाईँलाई ?
कलाकारिता क्षेत्रको भविष्य एकदमै राम्रो छ यो क्षेत्रमा लागेर नाम, दाम दुवै कमाउन सकिन्छ । कलाकारिता क्षेत्र भनेको सम्मानित पेसा हो, जोकोही यो क्षेत्रमा लाग्न पनि सक्दैनन् कलाकारिता क्षेत्रमा सबैको नजर जान्छ । यो क्षेत्रलाई बुझन सक्यो भने राम्रो छ बुझन सकेन भने राम्रो छैन । कसरी बुझेर अगाडी बढ्ने भन्ने हुन्छ । आफूले मेहनत गरेर यो क्षेत्रमा निरन्तरता दियो भने कलाकारिता क्षेत्रको भविष्य राम्रो छ तर यो क्षेत्रलाई बुझन सक्नुपर्छ । भन्दै चर्चित कलाकार विनोद श्रेष्ठ जन आकाश मिडियासँग बताउँछन् ।

पुरा भिडियो तल लिङ्क दिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend