logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कलाकारिता क्षेत्रमा रश्मि भट्टको अविराम


  • जन आकाश
  • सोमबार, भाद्र २४ २०८१

काठमाडौं । विगत एक दशकदेखि कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी कलाकार तथा गायिका रश्मि भट्ट कलाकारिता क्षेत्रकी एक उदारणी व्यक्ति हुन् ।



उनले अभिनय गरेका चलचित्र हेर्ने हो भने झन्डै दुई हजार हाराहारीमा पुगिसकेका छन् । दर्जनौँ सिरियल र तिन सय हाराहारी गीतमा आफ्नो आवाज समेत दिइसकेकी छिन् विगत लामो समयदेखि गीत सङ्गीत र कलाकारितालाई कर्म थलो बनाउँदै आएकी रश्मि भट्ट पछिल्लो समयकी व्यस्त कलाकार पनि हुन् उनी महिनामा २०,२२ दिन म्युजिक भिडियो,सिरियल,सट मुभी र फिल्मको सुटिङमै व्यस्त हुन्छिन् बाकी समय आफ्नो घर परिवारलाई दिने गर्छिन् । रेडियो अडियोमा कार्यक्रम चलाउँदै गायन क्षेत्रबाट अभिनयमा लागेकी रश्मि भट्ट गायन क्षेत्रबाट भन्दापनि अभिनयबाट चिर परीचित भइन् । अहिलेको उनको नामसँगै दर्शकले उनको कामको धेरै प्रशंसा गर्ने गर्दछन् । उनै लोकप्रिय कलाकारसँग जन आकाश मिडियाका संवाददाता विनोद कार्कीले गरेको कुराकानीलाई हामीले प्रस्तुत गरेका छौँ ।

आज भोली के गर्दै हुनुहुन्छ ?
आज भोलि सुटिङ तिर नै व्यस्त छु तिज पनि नजिकिँदै छ तिजका गीत, सिरियल, टेली–चलचित्रहरू भटाभट बनी रहेका छन् त्यसमै व्यस्त छु केही फिल्म एग्रीमेन्ट पनि भएको छ अब केही दिनमा फिल्मको सुटिङ तिर पनि व्यस्त हुन्छु । पछिल्लो समय सेबेन स्टार फोके टेलिभिजनमा अन्तर्मन कार्यक्रम पनि चलाउँदै छु जे होस आफूलाई व्यस्त राखेको छु ।

हिनामा कति दिन सुटिङमा व्यस्त हुनुहुन्छ ?
महिनाको बिस, पच्चिस दिन सुटिङमै व्यस्त हुन्छु । बाकी समय टेलिभिजन र घर परिवारलाई दिन्छु ।

तपाईँलाई गाउन मन पर्छ कि अभिनय गर्न ?
म सुरुमा गीत सङ्गीतबाट कलाकारितामा प्रवेश गरेको हो मेरो थुप्रै गीत बजारमा छन् । अहिले पनि मेरा गीत रेडियो नेपाल, विभिन्न टेलिभिजनबाट बजिरहन्छन् । मलाई दुवै मन पर्छ गाउन र अभिनय गर्न म अभिनय गर्दा पनि क्यारेक्टरमा डुबेर गर्ने गर्छु । मलाई गाउन र अभिनय गर्न दुवै मन पर्छ ।

कलाकार रश्मि भट्ट भनेर सर्वाधिक दर्शकलाई चिनाउँदा कतिको खुसी हुनुहुन्छ ?
कलाकार रश्मि भट्को नामले आफूलाई चिनाउन पाउँदा एकदमै खुसी लाग्छ । सायद कलाकारले पाउने भनेकै नाम,सम्मान र इज्जत हो त्यो मैले पाएको छु । तर रश्मि भट्ट भनेर चिनाउनको लागि मैले धेरै मेहनत र सङ्घर्ष गरेको छु ती सङ्घर्षको दिनहरूलाई अझै पनि सम्झने गर्छु ।

तपाइले नेपालको कुन हिरोसँग धेरै सह–कार्य गर्नुभएको छ ?
मैले नेपालका सबै हिरोसँग काम गरेको छु राजेश हमाल, निखिल उप्रेती,भुवन केसी, शिव श्रेष्ठ अहिलेका चर्चित नायक अनमोल केसी, प्रदीप खड्का सबैसँग काम गरेको छु ।

नेपाली फिल्म क्षेत्रको अवस्था कस्तो छ अहिले ?
नेपाली फिल्म क्षेत्रको अवस्था अहिले एकदमै नाजुक छ पहिलाको जस्तो छैन । कुनै समय हामीले गरेको फिल्म एक महिना सम्म हलमा लाग्थ्यो भने अहिले एकहप्ता हलमा चल्न गारो छ भनेपछि समय कहाँबाट कहाँ पुगिसक्यो । पहिलाको जस्तो कलाकारको मान्यता पनि छैन अब त दर्शकले कलाकार चिन्नै छाडिसके सबै जना कलाकार भए टिकटकले गर्दा । त्यसैले अहिले कलाकारको महत्व घट्यो । सामाजिक सञ्जाल टिकटकले गर्दा पुराना कलाकारको मान्यता पहिलाको जस्तै छैन । राम्रो गर्ने, नगर्ने सबै कलाकार भए, सबै निर्देशक भए अब हेर्ने भन्दानी बनाउने धेरै भए । जमाना परिवर्तन भयो कलाकारले कलाकारलाई नचिन्ने समय आइसक्यो ।

जन आकाश मिडियाले निर्माण गरेको सङ्गीत खबर कार्यक्रम कतिको हेर्ने गर्नु हुन्छ ?
जन आकाश मिडियाले निर्माण गरेको सङ्गीत खबर कार्यक्रम प्रतिभाहरूको प्रतिभा देखाउने साझा चौतारी जस्तो लाग्छ मलाई । यहाँ सबै ठाउँ सबै जिल्लाको प्रतिभा आएर आफ्नो प्रतिभा देखाउँछन् अनि मनको कुरा राख्ने गर्छन् म हेर्ने गर्छु जन आकाशको कार्यक्रम । एकदमै राम्रो लाग्छ । कार्यक्रम सबैले चलाएका हुन्छन् तर जन आकाश मिडियाले चलाएको कार्यक्रम अलि फरक लाग्छ म एकदमै हेर्ने गर्छु । यो कार्यक्रमको सफलताको शुभकामना पनि दिन चाहान्छु जन आकाश मिडियालाई । भन्दै लोकप्रिय कलाकार रश्मि भट्ट सङ्गीत खबर कार्यक्रममा बत्ताउँछिन् ।

पुरा भिडियो तल लिङ्क दिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend