जन आकाश
काठमाडौं। मोड्ल बिष्णु कुँवर र अस्मिता रनपालको अभिनयमा “पधेरिमा” बोलको गीत “स्टार म्युजिक” युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
उक्त गीतको शब्द मीन प्रकाश ओलीको रहेको छ भने चर्चित गायिका शान्ति श्री परियार र कुलेन्द« बिश्वकर्माले मिठासपूर्ण आवाज दिएका छन् । मीन प्रकाश ओलीको म्युजिक, दर्पन यात्रिको यारेन्ज रहेको गीतमा प्रकाश खड्काले छायांकन गरेका छन् । बिष्णु कुँवरको निर्देशन, मुकेश नेपालीको कोरियोग्राफी, रहेको गीतमा विष्णु कुँवर,र अस्मिता रनपालको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ ।

उक्त गीत छोटो समयमै दर्शकको मन जित्न सफल भइँ सामाजिक सञ्जाल टिकटक, फेसबुकका पेजहरुमा निकै चर्चामा आएको देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend