जन आकाश
काठमाडौं । नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले (Experience Kaiy)टेष्ट ड्राइभ कार्यक्रम यही भाद्र २९ र ३० गते आयोजना गर्ने जनाएको छ ।
भाद्र २९ गते केई शोरुम थापाथली र ३० गते केई शोरुम भाट-भटेनी नक्शालमा गई केईको इलेक्ट्रीक एसयूभ ( X3 Pro EV) इलेक्ट्रीक ह्याचब्याक (E-Qute 04 र E-Qute 02) टेष्ट ड्राइभ गर्न सक्नुहुनेछ ।
प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहारहरु राखिएको छ र सहभागीहरु मध्य एक जना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड Bosch को mixer grinder प्राप्त गर्नेछन्।
इच्छुक महानुभावले केई को शोरुम गई यस योजनामा सहभागी भइ टेस्ट-ड्राइभ गर्न सक्नुहुनेछ र यस,कार्यक्रमको वृस्तृत जानकारी को लागि ९८०१२०११०३ मा सम्पर्क गर्नु सक्नु हुनेछ ।
लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजन अन्तर्गत बिक्री वितरण गरिएको केई चाइनिज ब्रान्ड हो जुन नाडा अटो शो मा पहिलोपटक सार्वजनिक गरिएको थियो। तत्पश्चात कम्पनीले गाडीको ड्राइभिङ अनुभव प्रदान गर्न यो कार्यक्रम आयोजना गरेको जनाएको छ ।
हालै मात्र कम्पनीले केई ब्रान्डको सर्भिसको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस, काठमाडौं स्थित तीनकुनेमा सञ्चालनमा ल्याएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend