जन आकाश
काठमाडौं । चर्चित गायक तथा सर्जक सुमन बिटी र गायिका लक्ष्मी मल्लको आवाजमा “सान्नानी” बोलको गीत बजारमा सार्वजनिक हुँदै छ ।
उक्त गीत सुमन बिटी अफिसियल युटुब च्यानलबाट सार्वजनिक हुन लागेको हो । गीतमा शब्द,संगीत श्री कृष्ण बम मल्लको रहेको छ भने चर्चित गायक सुमन बिटी र गायिका लक्ष्मी मल्लले मिठासपुर्ण आवाज दिएका छन् । योगेश शाह काजिको एरेन्ज, पवन सुसलिङको छायाँकन र जेरी भण्डारिको निर्देशन रहेको गीतमा चर्चित मोड्ल बद्री बिष्ट र पछिल्लो समयकी भाइरल मोड्ल संचिता बोलाखे,ममता ओली र गायक बिटी स्वयंमको अभिनय रहेको छ ।

गीत केही दिनमै सार्वजनिक हुदै छ । गीतको अडियो /भिडियो राम्रो भएको हुनाले गीत आम दर्शक,स्रोताको माया पाउने गायक सुमन बिटीले अपेक्षा राखेकाछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend