जन आकाश
काठमाडौं । कर्मसियल भेहिकलमा अग्रणी विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा अत्याधिक ग्राहकहरुले रुचाइएको ब्रान्ड बतास एमएडब्लु, बतास मोरङ्ग अटो वक्स कमर्सियल भेहिकल आइसरले दशै तिहार, छठ पर्व चाडलाई लक्षित गर्दै दशैको हर्ष, आइसरको बर्ष अफर योजना ल्याएको छ ।
दशैको हर्ष,आइसरको बर्ष अफर योजना अन्र्तगत ग्राहक वर्गहरुका लागि आइसरका कुनै पनि स्कुल बस, कमर्सियल बस, ट्रकको खरिदमा ७० प्रतिशत सम्मको सरल फाइनान्स,२५ लाख सम्मको इन्स्योरेन्स तथा एक्सचेन्जको सुबिधा प्रदान गरेको छ ।
यस योजनाले हाम्रा सबै ग्राहकहरूलाई बिशेष प्राथमिकताका साथ गाडि सञ्चालकहरु, चालकहरू, शिक्षण संस्थाहरू, निर्माण कम्पनीहरू आदिलाई लक्षित गर्दै योजना अन्र्तगत चालकहरूको लागि बीमा (चालक मालिक),शून्य सेवा लागत,(गाडि सञ्चालकहरु) तथा टुर प्याकेजहरू (निर्माण कम्पनीहरूका लागि),ल्यापटपहरू, प्रोजेक्टरहरू (शिक्षण संस्थाका लागि) योजनामा समावेश गरिएका छन् ।
यो योजना यहि असोज १ गतेदेखि नेपाल अधिराज्यभर लागू हुनेछ । ग्राहक वर्गले आइसरका देशभरीका शोरुमबाट यो अवसरको लाभ लिन सक्नेछन् ।आइसर बतास एमएडब्लुले आधिकारिक रूपमा आइसरका गाडीहरु बिक्रि गदै आईरहेकोछ । बतास समूह र मोरङ अटो वक्सरको गठबन्धनले नेपालमा आइसरको क्षितिज फराकिलो गर्दै काम गरिरहेको छ ।
नेपालमा आइसरका ११ शाखाहरु,४ डिलर र १६ सहित देशैभर व्यवसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ । ग्राहक वर्गले आइसरका विद्यमान दायराहरूमा विस्तृत विकल्पहरू ४ पाङ्ग्रे ट्रकदेखि १६ पाङ्ग्राहरू, ५ टनदेखि २५ टन लोडिङ क्षमताका उत्पादनहरु छनोट गर्न सक्नेछन्। साथै आइसरले अत्याधुनिक नाइट बस पनि भित्राइसकेका छौँ । यस्ले नेपालमा विद्यमान लामो रुटका बसमा बिधमान समस्याहरुलाइ हल गर्ने लक्ष्य लिएको जानकारी कार्यकारी निर्देशक दिपक अग्रवालले गराए ।
आइसर बिश्व भर ७० भन्दा बढी देशहरूमा फैलिएको छ । आइसरले भोल्भो र आइसरका संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउदै आइरहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend