logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

एकपछि आर्काे गीत सार्वजनिक गर्दै कमल परियार


  • जन आकाश
  • बुधबार, असोज २ २०८१

काठमाडौं । बिगत लामो समयदेखि गीत संगीत क्षेत्रमा नेपाली मौलिक भाका सिर्जना गर्दै आएका गीतकार तथा संगीतकार कमल परियार गीत संगीत क्षेत्रका एक प्रतिभा शाली व्यति हुन् । उनले दर्जनौ गीतमा शब्द, संगीत गरेकाछन् ।



गीत संगीत क्षेत्रमा केही गर्छु, आफ्नो अमुल्य समय गीत संगीत क्षेत्रमै समर्पित गर्छु भनेर सुर्खेत जिल्लाबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका परियारका अहिले दर्जनौ गीत बजारमा सार्वजनिक भइसकेकाछन् भने उनका केही गीतले नेपाली सांगीतिक बजारमा इतिहास समेत रचन सफल भएकाछन् ।

सानैदेखि गीत संगीतमा रुची भएका,संगीतबाट कमल परियार नामले देशलाई चिनाउने सोच बोकेका परियारको अहिले दर्जनौ गीतहरु निकै लोकप्रिय बनेकाछन् । जस्तै भदौरे झरी, बनमा मजुर,जुनकेरी बत्ती, रेलैमा साइली, जन्ती मलामी, फुलै फुलको मौसम, रुनु पर्ला,  मन परेको लगायत दर्जर्नाै गीतले उनलाई सफलताको शिखरमा पु¥याएको छ । उनै गीतकार भाग्यलाई भन्दा कर्मलाई बिश्वास गर्ने गर्दछन् । त्यसैले उनको सिर्जनाहरु निकै चर्चामा समेत आउने गर्दछन् ।

सुर्खेत जिल्ला लेख बेसी नगर पालिका वडा नं. ९ माता कौशिला परियार र पिता धनबिर परियारको कोखबाट जन्मेका कान्छो छोरा कमल परियार अहिलेका लोकप्रिय गीतकार तथा संगीतकारका सूचिमा पर्दछन् । उनै गायकले गीत संगीतबाट आफ्नो छुट्टै पहिचान समेत बनाएकाछन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend