जन आकाश
काठमाडौं । चर्चित गीत “बेनीको बजार जता माया उतै छ नजर” लाई नयाँ स्वरूपमा सार्वजनिक गरिएको छ।
म्युजिक नेपालको युट्युबबाट सार्वजनिक गीतमा रामचन्द्र काफ्ले र समीक्षा अधिकारीको स्वर छ। यसको शब्द र संगीत टिकाबहादुर श्रेष्ठ र प्रेम बरालको हो।
म्याग्दी जेसीजले निर्माण गरेको नयाँ भर्सनको भिडिओमा गम्भीर विष्ट र अञ्जली अधिकारीले नृत्य गरेका छन्। म्याग्दीका विभिन्न स्थानमा खिचिएको भिडिओलाई डीके चोचाङ्गी पुन मगरले निर्देशन गरेका हुन्। लाहुरे छुट्टिको बेला मेला हुँदै घर फर्किएको कथा भिडिओमा देखाइएको छ।
रोशन विश्वकर्माको कोरियोग्राफी रहेको भिडिओमा सन्तोष पिठाकोटे मगरको छायांकन, प्रविन भट्टको सम्पादन छ। टिकाबहादुर श्रेष्ठको रचना रहेको यो गीत श्रेष्ठ र उनकी श्रीमती मन छन्त्यालले पहिलोपटक गाएका थिए।
२०३१ सालमा रेडियो नेपालमा मन छन्त्यालको स्वरमा रेकर्ड भएपछि गीतले सर्वत्र चर्चा पाएको थियो। पछि राजु परियार र बीमाकुमारी दुराको स्वरमा समेत रेकर्ड गरेर ल्याइएको थियो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend