जन आकाश
काठमाडौं । छाडा र उत्ताउला गीतले हाम्रो समाजलाई नै खल्लो र बिकृति उन्मुख बनाइरहेको बेला बिष्णु कुँवरले भने थुप्रै जिल्लाई समेटेर गाउँ घरको झल्को मेटिने गरी गाउँ घरमा आमा , हजुर आमाहरुले घन्काउने लोक भाकालाई टपक्क टिपेर “बाटैमा घर छ ” बोलोको गीत (Bishnu Kunwar) युटुब च्यानलबाट सार्वजनिक गरेकाछन् ।
उक्त गीतको शब्द मीन प्रकाश ओलीको रहेको छ भने नेत्र भण्डारी,देवी घर्ती,सिमा नेपाली,यज्ञ सापकोटा र मीन प्रकाश ओलीले मिठासपूर्ण आवाज दिएका छन् ।
मीन प्रकाश ओलीको म्युजिक, आरेम सुनारको यारेन्ज,मिक्सिङ रहेको गीतमा प्रकाश खड्काले छायांकन गरेका छन् । बिष्णु कुँवरको निर्देशन, मुकेश नेपालीको कोरियोग्राफी, रहेको गीतमा अस्मिता रणपाल,विष्णु कुँवर,हिरा रसाइली, कमेडी याक्टर बिनोद कार्की, नविन बोहरा, मीन प्रकाश ओली र मुकेश नेपालीको अभिनय रहेको छ ।

नेपालका बिभिन्न ठाउँलाई ममेटेर निर्माण गरिएको “बाटैमा घर छ” बोलको गीत अहिले निकै चर्चामा आएको छ । गीतको अडियो, भिडियो नै राम्रो भएकाले र नेपालको दुर्गम गाउ घरको कथालाई समेटेर बनाइएको हुनाले गीतले छोटो समयमै सफलता पाउन सक्ने सम्भावाना रहेको यसै गीतका निर्देशक तथा मोड्ल बिष्णु कुँवर बताउँछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend