जन आकाश
मोहन कार्की ।
काठमाडौ । नुवाकोट कलाकार समाजको गठन भएको छ । यहि २०८१ असोज ५ गते काठमाडौको बालाजुस्थित भ्याली कोल्डस्टोरमा भएको भेलाले नुवाकोट कालाकार समाज नामकरण गरेको हो । उक्त नामकरणसँगै अध्यक्षमा प्रचण्ड बाबु राई उपाध्यक्षमा रामचन्द्र रिमाल, सचिवमा सुनिल थापा मगर, कोषाध्यक्षमा लक्ष्मी स्याङतान, सदस्यहरुमा प्रविन डंगोल, साहस शाक्य, सुजित श्रेष्ठ, धुर्व तामाङ, पवित्र गुरुङ, शैलेन्द्र शाही, सन्तोष कार्की, संन्दिप सिंह थिङ, प्रेम राई १३ सदस्य समिति निर्माण गरेको छ ।
त्यसैगरी कानूनी सल्लाहकारमा गोकर्ण पुडासैनी, सल्लाहकारमा दामोदर खतिवडा, उसनमान श्रेष्ठ, पुरुसोत्तम डंगोललाई सोही भेलाले चयन गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend