logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

प्रमोद खरेलको स्वरमा “उद्यमी” सार्वजनिक


  • जन आकाश
  • मंगलबार, असोज ८ २०८१

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा “उद्यमी” बोलको गीत सार्वजनिक गरिएको छ।



युवा व्यवसायी संगीत गैरेको शब्द र संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका छन्। भिडिओमा संगीत स्वयंमले अभिनय गरेका छन्। यसको भिडिओ पनि उनकै कथा र निर्देशनमा बनेको हो।

विभिन्न सपना बोकेर गाउँबाट रित्तो हात सहर छिरेको युवाले नयाँ ठाउँमा गरेको मेहनत र पाएको सफलतालाई भिडिओमा देखाइएको छ।

भिडिओलाई दीपक गिरीले छायांकन, अमृत चापागाईँले सम्पादन गरेका हुन्। श्रीधर अधिकारीु युट्युब च्यानलबाट भिडिओ सार्वजनिक गरिएको हो।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend