logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

“हामी साना नानी” बाल गीतको लोकार्पण


  • जन आकाश
  • मंगलबार, असोज ८ २०८१

काठमाडौं । बिजेन्द्र नोैवागेको शब्द, सङ्गीत र भिडियो निर्देशन,गायक प्रबिन राई र बाल गायिका मन्जली तामाङको आबाज रहेको शैक्षिक बाल गित “हामी साना नानी” बोलको गीत लोकार्पण साथै भिडियो प्रदर्शन सम्पन्न भएको छ ।



कपन गोल्डेन पिक हाई स्कुलको प्राङ्गणमा गोल्डेन पिक हाई स्कुलका प्रधानध्यापक क्षत्र मान राईको अध्यक्षतामा पुर्व सस्कृती,पर्यटन तथा नागरिक उडयन राज्यमन्त्री पर्शुराम वाईबा तामाङको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको अतिथिमा नायक शितल के.सि. गीतकार तथा सङ्गितकार मोहन घिसिङ, गीतकार तथा सङ्गितकार सरोज लामा, गोल्डेन पिक हाई स्कुलका सहायक प्रधानध्यापक भानदेब कपाडि, मोडल कलाकार राज गजमेर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सन्चालन कार्यक्रम आयोजक बिजेन्द्र नोैबागेले गरेका थिए ।

विद्यालयको शिक्षक शिक्षिका विद्यार्थीहरुको बाक्लो उपस्थितिमा गीतको म्युजिक भिडियोमा सहकार्य गरेका कलाकार,सर्जक हरुलाई समेत प्रमुख अतिथिको हातबाट सम्मान गरिएको थियो ।

छायांकार प्रेम लामा, भिडियो सम्पादक प्रेम शर्मा पोैडेल, गायक प्रबिन राई, गायिका मन्जली तामाङ, कोरियोग्राफर दिपेस एस.के., नृत्यङ्गान,आरिया शाही सहितको टिम सम्मानित भएका थिए ।

नायक सितल के.सि. भानदेब कपाडि लगायतका अतिथीहरुले “गीत जीवन हो सङ्गीत हाम्ले फेर्ने सास हो यो बिना हामी मानव जीवन जिउन पनि गारो छ ”भन्दै शुभकामना व्यक्त गरे भने प्रमुख अतिथि तामाङले गित सङ्गीत जिवनको रेल हो कलाकार देशको सम्पती हो कला सस्कृती संरक्षण सम्बद्र्धन र श्रीवृद्धिमा कलाकार सर्जकले पुर्याएको योगदानको समेत प्रसंसा समेत गरे भने कलाकार बिदेशिने क्रम बड्दो भएको र यस्ता प्रतिभा र शक्तिलाई राज्यले रोक्नु पर्ने र सरकारले उचित ब्यबस्था गर्नु पर्नेमा पनि जोड दिए ।

शुभकामना मनतब्यको क्रममा यो बिद्यार्थी र शिक्षक बिचको अन्तरकथामा तयार पारिएको यो स्कुल गीत अहिलेको समय सापेक्ष र आवस्यकता अनुसारको गीत भएको हुदा, यहि गितको म्युजिक अनुसार पनि बिद्यार्थीहरुलाई पठन पाठनको लागि पनि प्रयोग हुनेहुनाले अत्यन्त राम्रो गीत ल्याएकोमा निर्माण पक्षलाई आभार व्यक्त गरिएको थियो ।

कार्यक्रमका शभापति विद्यालयका प्रधानध्यापक क्षत्रमान राईले कार्यक्रम सफल भएको र गीतले समय अनुसार र बिद्यार्थीहरुको मर्मस्पर्सी रहेको हुदा यो गीत अत्यन्त रुचाईएको भन्दै सफलताको शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend