जन आकाश
काठमाडौं । गायक प्रकाश दुतराज यतिबेला युरोप टुरमा छन्।
उनी म्युजिकल टुरका लागि पहिलो पटक युरोपेली मुलुक पुगेका हुन्। त्यहाँका नेपाली समुदायमाझ उनले सांगीतिक प्रस्तुति दिइरहेका छन्।
क्रोएसिया र पोर्चुगलमा उनको सांगीतिक कार्यक्रम भइसकेको छ। आज स्पेनमा प्रस्तुति दिँदैछन्। यसपछि जर्मनी, माल्टा र बेल्जियममा प्रस्तुति तय छ।
सेप्टेम्बर २८ मा जर्मनी, २९ मा माल्टा र ३० मा बेल्जियममा कार्यक्रम तय रहेको जानकारी दिएका छन्। दसैंको छेको पारेर यो म्युजिकल टुर भएको हो।
प्रकाश पछिल्लो पुस्ताका लोकप्रिय लोक गायक हुन्। उनका घर कता हो बैनीको, जाम भो माइली, रिमै आदि गीतहरू रूचाइएका छन्। युरोप टुरबाट फर्केपछि दसैं आसपासमा उनले नयाँ गीत सार्वजनिक गर्दैछन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend