logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

दशैंमा ग्यारो इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट


  • जन आकाश
  • आइतबार, असोज १३ २०८१

काठमाडौं । ग्यारो इलेक्ट्रिक स्कुटरले दशैंलक्षित विशेष योजना सार्वजनिक गरेको छ ।



ग्यारोले दशैं अवसरमा फ्ल्यागशिप इलेक्ट्रिक स्कुटरमा १५ हजार रुपैयाँको छुट दिएको छ । ३ लाख ८९ हजार पर्ने स्कुटी अब ३ लाख ६५ हजार रुपैयाँ पाइने छ ।

ग्यारोले एक्सचेन्ज अफर पनि ल्याएको छ । आफ्नो पुरानो स्कुटर वा मोटरसाइकलसँग गरोका ब्रान्ड नयाँ इलेक्ट्रिक स्कुटी साट्न पाइनेछ । साथै स्कुटर खरिद गर्दा हेलमेट निस्शुल्क पाइनेछ ।

ग्राहकहरूले ५० प्रतिशत डाउन पेमेन्ट गरी स्कुटी खरिद गर्न पाउनेछन् । यो अफर नेपालभरका सबै अधिकृत ग्यारो डिलरमा उपलब्ध छ । अफरबारे विस्तृत जानकारी वेबसाइटमा उपलब्ध छ ।

ग्यारो स्कुटरले एक पटक चार्ज गरेपछि ३५० किमी रेन्ज दिने बताइएको छ । क्लासिक व्हील्स एक्सपोर्ट एण्ड इम्पोर्टले नेपालमा ग्यारो स्कुटर भित्राएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend