logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दैवी प्रकोप पीडितहरुलाई सवैले सहयोग गरौं 


  • जन आकाश
  • मंगलबार, असोज १५ २०८१

यहि असोज १२ गते आएको दैवी प्रकोप अर्थात निरन्तर बर्षाका कारण देशभरी बाढी, पैरो, डुबानले धेरै ज्यान लिएको छ । कतिपयको बासस्थान उठाएको छ । ति बासस्थान उठाएका मानिसहरु यतिवेला बिजोग अवस्थामा बाचिरहेका छन् । कतिपयले आफन्त गुमाएका छन् । कतिपय घाइते अवस्थामा छन् । यो समय अरुको दुखः हेरेर बस्ने समय होइन ।



जो जसले जसरी सहयोग गर्न सकिन्छ । सहयोग गरिहाल्ने हाल्ने अवस्था हो । हुनत सरकारले आफ्नो क्षमताले भ्याएसम्मको कामहरु गरिराखेको छ । यो समयमा सवै नेपालीहरु मिलेर बाढी, पैरोवाट पीडित भएकाहरुलाई सहयोग गर्न सकियो भने देशमा आईं लागेको ठुलो समस्यालाई सवै मिलेर सहयोग गर्दा सजिलै पार लगाउन सकिन्छ ।

एकता नै बल हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गरेर सवै नेपाली देश–विदेशमा रहेका आम नेपाली दाजुभाई दिदीबहिनीहरुले एक थुकी सुकी धेरै थुकी बगी भन्ने उखानलाई समेत मनन् गरेर बाढी, पैरो प्रभावित मानिसहरुको लागि सहयोग गरेर समस्याको सावधान गर्ने वेला रहेको छ ।

मानवको सेवा गर्ने अवसर त्यस्तो भाग्यमानीलाई मात्र प्राप्त हुन्छ । जो हृदयको विशाल खानी भएको हुन्छ । त्यस्तै विशाल हृदय भएको मानिसहरुको खाचो यतिवेला नेपालका बाढी, पैरो पीडितहरुको लागि आवश्यक छ ।

त्यसैले सवै मिलेर यस्ता बाढी, पैरो, डुबानमा प्रभावित भएका मानिसहरुको लागि जाहा जुन अवस्थामा नैतिक, भौतिक, आर्थिक समन्वयकारी भुमिका निर्वाहर गरेर जे सहयोग गर्न सकिन्छ त्यहि सहयोग गरेर मानवीयताको रक्षा गर्नुपर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend