logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“१२ गाउँ” को एक्सनप्रधान ट्रेलर सार्वजनिक


  • जन आकाश
  • बुधबार, असोज १६ २०८१

काठमाडौं । अभिनेता विराज भट्टको निर्देशन रहेको फिल्म “१२ गाउँ”को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार युट्युबमा सार्वजनिक गरिएको ट्रेलर विराज र उनका छोरा समीर भट्टको एक्सन दृश्यले भरिपूर्ण छ।



“१२ गाउँ” नामक एक प्राचीन गाउँको अत्याचारी शासकविरुद्धको लडाइँको कथा यसमा समेटिएको छ। सार्वजनिक ट्रेलरलाई सन्देश शाहले तयार पारेका हुन्।

“१२ गाउँ” विराजका छोरा समीरको पहिलो फिल्म हो। मोडल सनिशा भट्टराई र पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले पनि यही फिल्मबाट डेब्यु गरेका हुन् ।

विराज, समीर, सनिशा र न्यान्सीसहित सोनु चन्द्रपाल, दीया मास्के, मुरलीधर, नरेन खड्का, स्टन्ट सिल्भा लगायत थुप्रै कलाकारहरूले फिल्ममा अभिनय गरेका छन् ।

साउथका एक्सन कोरियोग्राफर स्टन्ट सिल्भा र नेपाली कोरियोग्राफर शंकर महर्जनले फिल्ममा एक्सन कोरियोग्राफी गरेका हुन्। विराज भट्ट फिल्म प्रोडक्सनको फिल्मको लेखक सन्तोष सरकार हुन् भने निर्मातामा सरस्वती भट्ट रहेकी छन्।

फिल्म दसैंको फूलपाती अर्थात असोज २४ गते रिलिज हुने तयारीमा छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend