जन आकाश
काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार अभिनीत फिल्म “हाउसफुल ५” को छायांकन सुरू भएको छ।
यस फिल्मको ४५ दिन छायांकन हुनेछ। बिहीबार फिल्मका निर्माता साजिद नाडियाडवालाले “हाउसफुल ५” को छायांकन सुरू भएको जानकारी दिएका हुन्।
उनले एक्समा एक तस्बिर पोस्ट गर्दै लेखेका छन्, आजदेखि हाउसफुल ५ को छायांकन सुरू भएको छ। ४५ दिनसम्म कमेडीको पागलपन्ती जारी रहनेछ। यसको लन्डन, फ्रान्स, स्पेन र युकेमा छायांकन हुनेछ। निर्देशक तरूण मनसुखानीको निर्देशनमा तपाईहरूलाई मनोरञ्जनको पुरै ग्यारेन्टी छ।
फिल्ममा अक्षय कुमारसँगै अभिषेक बच्चन, ज्याकलीन फर्नांडिस, रितेश देशमुख, श्रेयस तलपडे, फरदीन खान, चंकी पान्डे, सौन्दर्या शर्मा, जोनी लिवर, निकेतन धीर, डीनो मोरिया, नरगिस फाखरी, चित्रांग्धा सिंह, सोनम बाजवा, रन्जीतलगायत कलाकारको अभिनय रहनेछ । फिल्ममा सञ्जय दत्त र ज्याकी श्राफको पनि महत्वपूर्ण भूमिका रहनेछ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend