जन आकाश
काठमाडौ । अमेरिकामा जारी टिट्वन्टी सिरिन्ज नेपालले लगातार दुई खेलमा दुइ नै जित निकालेर सिरिन्ज स्वीप गर्ने अभियानमा लागेको छ।
आज बिहान नेपाली समय अनुसार ५ बजे शुरु भएको खेलमा नेपालले पहिलो ब्याटिङ गर्दै १७० को लक्ष्य दिएको थियो।
उक्त १७० रनको लक्ष्य पछ्याएको अमेरिकाले ७ बिकेट गुमाउँदै अन्तिम बलमा एक रन लिएर खेल सुपर ओभरमा गएको थियो।
सुपर ओभरमा अमेरिकाले अल आउट हुदै २ रन मात्रै बनाएको थियो। उक्त लक्ष्य नेपालले ४ बलमा भेट्टाउन सफल भयो र सिरिन्जको ट्रफी एक खेल खेल्न बाकि छदै नेपालले अफ्नो पोल्टामा पारी सकेको छ।
अर्को खेल औपचारिकताको लागि मात्रै खेलिने छ। उक्त खेलमा पनि नेपालले जित हासिल गरेमा सिरिन्जको स्वीप हुने छ।
यो नेपाली कृकेटको लागि सुखद हो।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend