जन आकाश
काठमाडौं– कातिक ५ गते बिहान काठमाडौंको सितापाइलाको एक सर्भिस सेन्टरमा पार्किङ गरेर राखेको विद्युतीय कारमा तार शर्ट भएर धुँवा निस्किएको थियो ।
‘गाडीमा देखिने नियमित प्राविधिक समस्या अन्त समाधान नभएपछि सर्भिस सेन्टरमा ल्याइएको उक्त गाडिमा शर्ट सर्किट भएर धुवाँ डिस्चार्ज भएको थियो,’ कम्पनीले भनेको छ, ‘उक्त गाडि विगतमा अनधिकृत सेवा केन्द्रहरू मार्फत् मर्मत सम्भार गरिएको हुन सक्ने र त्यसैका कारण प्राविधिक खराबी उत्पन्न भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’
सुरक्षा सतर्कताका निम्ति कम्पनीले सक्रियतापूर्वक स्थितिलाई नियन्त्रण लिएको र ब्याट्री र मोटर दुवैमा क्षति नभएको कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
‘कम्पनीको प्रारम्भिक अनुसन्धान अनुसार गाडीको ब्याट्री र मोटर दुवैमा क्षति नभएका कारण कुनै समस्या देखिएको छैन भने यसमा थप अनुसन्धान भने भइरहेको छ,’ कम्पनीले भनेको छ ।
विद्युतीय सवारी साधनहरू धेरैखाले सुरक्षा सुविधाहरूले सुसज्जित हुने भन्दै सो कम्पनीले आफ्नो सवारी साधनको मर्मत सम्भार तोकिएको सेवा केन्द्र मार्फत् मात्र गराउन पनि अनुरोध गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend