जन आकाश
नेपालमा २०८१ साल असोज १२–१३ गते आएको बाढी, पैरोले देशका बिभिन्न क्षेत्रमा जनधनको क्षति पु¥याएको छ । उक्त क्षेत्रमा पुनः निर्माण र पीडित परिवारलाई राहात व्यवस्थापन यतिवेला चुनौतिको विषय भएको छ ।
तर राजनीतिक पार्टीहरुको ध्यान यता जनताको पक्षमा भन्दा पनि आफ्नो स्वार्थमा लागेको देखिन्छ । आ–आफ्नै राजनीतिक दाउपेजमा बढी केन्द्रीत भएका देखिन्छन् ।
सरकारमा रहेका पार्टीहरु सरकारमा कसरी टिकीरहन सकिन्छ भनेर लागेको देखिन्छ । सत्ताभन्दा बाहिर रहेकाहरु कसरी उप्रद्रो मच्चाएर स्टन्डबाजी गर्न सकिन्छ । वा सरकारलाई अफ्ठ्यारो पारेर सरकार ढाल्न पाए सरकारमा आफै जान पाइन्छ भनेर लागेको देखिन्छ । यो हेर्दा अहिलेसम्म निर्वाचन कार्यालयमा दर्ता भई चुनाव जितेर सदनमा पुगेका राजनीतिक पार्टीहरु जनता प्रति जवाफदेही भएको पाईएको छैन । यो नेपाली जनताको लागि निक्कै दुखःको कुरा हो ।
गएको असोज १२ गते गएको बढी र पैरोले सवैभन्दा बढी क्षति काभ्रे जिल्लाको रोशी आस पास क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई प्रभावित भएका छन् । त्यहाका जनताले यतिवेलासम्म राज्य वा सामाजिक दाईत्व बहन गर्छु भनेर समाजमा रहेका संघ, सस्थाको साथ सहयोगको आशा गरेर बसेका छन् । तर राजनीतिक पार्टीहरु त्यस क्षेत्रमा नगएर रास्वपा भन्ने पार्टीत आफ्नो पार्टीका सभापतिले गरेको गल्ती ढाकाछोप गर्नलाई सडकमा उत्रेर तमासा देखाईरहेको छ ।
उसको ध्यान बाढी पीडित जनताको भन्दा पनि पोखरामा गएर पार्टी सभापतिको गलत कार्याहरु ढाकाछोप गर्नुमा समय खर्च गरिरहेको छ । सवै मिलेर बाढीले प्रभावित भएका जनताको पक्षमा काम गर्नुपर्ने वेला यसरी गैर जिम्मेवार भएर सवै खालका निकायहरु विमुख हुदा नेपालका सोजा साजा नागरिकले सेवा सुविधावाट बञ्चित हुनुपरेको छ ।
यतिवेला जनताकोस्तरवाट नै बाढी प्रभावित क्षेत्र र बाढी र पैरोले क्षति पु¥याएको ठाउँहरुमा पहल नगर्ने हो भने जनताले हिड्ने सडक, पिउने पानी, बाल्ने विजुलीको निर्माण कसैले चासो नदिने हुनाले जनता स्वय यस्ता बाढी, पैरो प्रभावित क्षेत्रमा जुट्नुपर्ने देखिन्छ ।
जनताकोस्तरवाट नै काम शुरु गरेपनि बाध्य भएर अन्य निकायहरु पनि साथ समर्थन गर्न आउनेछन् । नभए त गैर जिम्मेवार बन्दै गएका राजनीतिक पार्टी र सरकारको आशा गरेर बस्ने हो भने त नेपालको लाईफ लाइनमा रहेको बिपी राजमार्ग त्यति सजिलै बन्ने काटछाट देखिदैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend