logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

यू १७ एसियन कप छनोटमा नेपालले आज कतारसँग खेल्दै


  • जन आकाश
  • शुक्रबार, कार्तिक ९ २०८१

काठमाडौं । एएफसी यू१७ फु अन्तर्गत समूह एफको आफ्नो दोस्रो खेलमा नेपालले आज घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्दैछ ।



खेल दोहास्थित एस्पाइर एकेडेमी पिचमा नेपाली समय अनुसार राति साढे ८ बजे सुरु हुनेछ ।

समूहको पहिलो खेलमा नेपाल यू १७ एसियन कपको साविक विजेता जापानसँग ९–२ को फराकिलो अन्तरले पराजित भएको थियो । कतारले भने आफ्नो पहिलो खेलमा मंगोलियालाई २ (० ले पराजित गरेको थियो ।

नेपालले समूहको अन्तिम खेल आइतबार मंगोलियासँग खेल्नेछ । नेपालको पुरुष फुटबल पछिल्लो समय आशा गर्ने खालको खेल हेर्न सकिएको छैन ।

छनोट प्रतियोगिता एएफसीका ४४ सदस्य राष्ट्रका युवा टोली सहभागी छन् । सहभागी ४४ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर खेलाइएको छ । छनोट चरणका खेलपछि हरेक समूहको विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यू१७ एसियन कपका लागि छनोट हुनेछ ।

यस्तै उपविजेता १० मध्ये उत्कृष्ट ५ उपविजेता टिमले पनि यू१७ एसियन कपका स्थान बनाउनेछन् । आयोजकको हैसियतमा साउदी अरेबिया स्वत छनोट भइसकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend