logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

वालिङको शिक्षा क्षेत्र निरन्तर विवादित, विचौलिया हावी हुँदा जनप्रतिनिधि विवादमा


  • जन आकाश
  • आइतबार, कार्तिक ११ २०८१

स्याङ्जा । स्थानीय तहका जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो चुलिँदै जाँदा स्याङ्जाको वालिङ नगरपालिका एक पछि अर्को विवादमा तानिएको छ ।



शिक्षा ऐन संशोधनको विषय सर्वोच्च अदालतसम्म पुगेको विषय सेलाउन नपाउदै गैहकानुनी हिसावले शिक्षक सरुवाको घटनाले वालिङ नगरपालिका पुन विवादित वन्न पुगेको छ ।

जनताको घरदैलोको सरकारको रुपमा रहेका स्थानीय तहमा जनप्रतिनिधिको मनपरी र कर्मचारीको लापरबाहीले चरम बेतिथि निम्त्याएको मात्र छैन, संघीयतामै बितृष्णा जगाउने काम भएको छ । भनि त्यस जिल्लाका सञ्चारमाध्यमहरुले पठाएको समाचारमा उल्लेख छ ।

शिक्षक सरुवा गैह्रकानुनी
घटना २०८१ असोज १३ गतेको हो । वालिङ नगरपालिका ५ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयका माध्यमिक तहका स्थायी शिक्षक अर्जुन पोख्रेल र रणविर जनहित माध्यमिक विद्यालयका माध्यमिक तहका स्थायी शिक्षक कमल लम्सालको सरुवा गैह्रकानुनी भन्दै विवादित वनेको छ ।

वालिङ नगरपालिकाको शिक्षा शाखा प्रमुख र रणविर जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद रेग्मीको मिलेमोतोमा गरिएको सरुवा विवाद अहिले वालिङमा मात्र नभइ शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन विभाग सम्म पुगेको छ ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका रणविरका प्रअ लक्ष्मी प्रसाद रेग्मी वालिङ नगर शिक्षा समितीका सदस्य समेत हुन् । आफू अनुकुलको शिक्षक सरुवा गरी आफू कार्यरत विद्यालयमा ल्याउन ग्राण्ड डिजाईन गरेका रेग्मीले शिक्षा शाखा प्रमुख काफ्लेलाई प्रभावमा पारेपछि काफ्लेले समितीका वहुमत सदस्यलाई हस्ताक्षर गराएका थिए ।

समितीको वैठक नबसी हस्ताक्षर गर्न लगाएको शिक्षा समितीका एक सदस्यले स्वीकार गर्दै, आफूहरुलाई पूर्णरुपमा प्रकृया मिलेको भन्दै हस्ताक्षर गर्न वाध्य पारिएको वताएका छन् । दुवै विद्यालयको सहमतीमा सरुवा भएको भनेर हामीलाई फसाईयो उनले टेलिफोन सम्वादमा भने ।

स्थानीय सरकार सन्चालन ऐन २०७४ ले स्थानीय तहलाई शिक्षक सरुवाको अधिकार दिएको छैन् । वालिङमा गरिएको यो सरुवा शिक्षक सरुवा निर्देशिका २०८१ अनुसार गरिएको भनिएपनि निर्देशिकामा उल्लेख गरिएका कुनै प्रकृया अवलम्वन गरिएको छैन् । निर्देशिकामा दरवन्दी मिलान गर्न सक्ने अधिकार स्थानीय सरकारलाई दिएको छ ।

दरवन्दी मिलान शैक्षिक सत्र सुरु हुनभन्दा अगावै वा सुरु हुनासाथ पालिकाभर एक साथ गर्नुपर्ने उल्लेख गरेको छ । व्यक्ति मिलान सरुवालाई दरवन्दी मिलानको अपव्याख्या गरेर सरुवा गरेपछि गैह्रकानुनी सरुवाको आरोप लगाइएको हो ।

उक्त सरुवामा रणविरको व्यवस्थापन समितीको सहमती नगरी सरुवा गरिएको थियो भने महेन्द्र मा.विमा चाडवाडमा प्रअ रिक्त हुँदा तलव खुवाउन नसकिएको विशेष परिस्थिती भन्दै सरुवा गरिएको शिक्षा शाखाले जनाएको छ ।

कानुन विपरितको सरुवामा व्यवस्थापन समितीको अंकुश
रणविर जनहित मा.वि.का शिक्षक लम्साललाई महेन्द्र मा.वि.मा सरुवा गरेपछि उनको ठाँउमा ल्याइएका रेग्मी अनुकुलका पोख्रेललाई हाजिर नगराउन रणविरका ६ जना व्यवस्थापन समितीका सदस्यहरुले नगरपालिकामा उजुरी दर्ता गरेका छन् ।

शिक्षक सरुवा सम्वन्धी निर्देशिका २०८१ मा गलत कागजात पेश गरी वा सरुवा प्रति गुनासो आएमा सम्वन्धित अधिकारी समक्ष सरुवा बदर गर्न निवेदन दिन सकिने र ७ दिन भित्र निवेदन उपर कारवाहि गर्ने प्रावधान समेत उल्लेख गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend