logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

टीभीएसको बाईक खरिदमा उतीम लाल साहले जिते नगद रु. १० लाख


  • जन आकाश
  • बुधबार, कार्तिक २१ २०८१

काठमाडौं । टीभीएसको बाईक खरिद गर्दा जनकपुरका उतीम लाल साहले नगद रु. १० लाख ५ हजार जितेका छन् ।



नेपालीहरुको महान चाड दशैँ, तिहार र छठका अवसरमा टीभीएसद्वारा आयोजित “टीभीएस संग नयाँ युगको आरम्भ २०२४“ उपहार योजना अन्तर्गत साहले बाइक खरिद गर्नु अघि रु. ५ हजार र खरिद पश्चात रु १० लाख जित्न सफल भएका हुन् ।

साहका साथै, महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमा टीभीएसको सवारी साधन खरिद गर्दा टेकराज गुरुङले रु ५ लाख ५ हजार जित्न सफल भएका छन् । उनले खरिदअघि रु. ५,००० र खरिद पश्चात रु. ५ लाख जित्न सफल भएका हुन् ।

महा एक्सचेन्ज मेला, भृकुटीमण्डपमै टीभीएसको सवारी साधन खरिद गरेका प्रकाश अधिकारीले सवारी साधनको खरिदमा ५०% क्याशब्याक र खरिदअघि रु. ५,००० जित्न सफल भए्को जानकारी दिइएको छ ।

त्यसैगरी, बागेश्वरी अटोमोटिभ्स, धनगढीमा टीभीएसको सवारी साधन खरिद गरेका सञ्जित चौधरीले २५% क्याशब्याक र खरिदअघि रु. ५,००० जित्न सफल भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै “टीभीएससंग नयाँ युगको आरम्भ २०२४“ उपहार योजना अन्तर्गत हाल सम्म २ जनाले नगद रु. १ लाख, ४ जनाले नगद रु. ५० हजार, १० जनाले नगद रु. २५ हजार, १५ जनाले नगद रु. १५ हजार र १८ जनाले नगद रु. ५ हजार जित्न सफल भइसकेका छन् ।

नेपालमा दुईपाङ्ग्रे सवारी साधनको क्षेत्रमा अग्रणी ब्रान्ड टीभीएसले उपहार योजना अन्तर्गत टीभीएसको नेपालभर रहेका अधिकारिक विक्रेता मार्फत टीभीएसका सवारी साधन खरिद गरेका उपभोक्ताहरु मध्य नगद उपहार जित्न सफल भाग्यशाली विजेताहरुको घोषणा गरेको हो ।

टीभीएससंग नयाँ युगको आरम्भ, उपहार योजना देशभरका टीभीएसका सवारी साधनका लागि आधिकारिक विक्रि केन्द्रहरू मार्फत आयोजना भइरहेको छ । उपहार योजनामा ग्राहकहरूको उत्साहपूर्ण सहभागिताका भइरहेकोे कम्पनीले बताएको छ । यस योजना अन्तर्गत, ग्राहकहरुले नगद पुरस्कार, क्याशब्याक, र प्री–पर्चेज बोनस जस्ता विविध पुरस्कारहरु जित्ने अवसर प्राप्त गरिरहेका छन् ।

टीभीएस नेपालले सम्पूर्ण विजेताहरूलाई बधाई दिँदै । उत्साहजनक सहभागीताका लागि आभार व्यक्त गरेको छ । यस मेलालाई सफल बनाउन सहयोग गर्ने हरेक ग्राहकलाई धन्यवाद दिंदै, कम्पनीले योजना कायम रहेको र यस योजनामा सहभागिता जनाई मौकाको उल्लेख्य फाइदा लिन सबैलाई आग्रह गरेको छ ।

साथै, आगामी दिनहरुमा पनि अझ उत्कृष्ट र रोचक सवारीसाधनसँगै ग्राहकलाई थप आकर्षक अफरहरू ल्याइरहने प्रतिबद्धता ब्यक्त गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend