जन आकाश
काठमाडौं । युएईमा बुधबारदेखि आईसीसी यू १९ महिला टी २० विश्वकप एसिया छनोट सुरु हुँदैछ । नेपालले बुधबार थाइल्याण्डसँग खेल्दै छनोट यात्रा सुरु गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे हुने छ ।
प्रतियोगिताका लागि दिल्लीमा प्रशिक्षण र केही अभ्यास खेलपछि नेपाली युवा टोली सोमबार दुबई पुगेको छ । दाङमा करिब दुई महिना प्रशिक्षण पछि नेपाली टोलीले दिल्लीमा समेत तयारी गरेको थियो । त्यतैबाट टोली युएई गएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend