logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल र भारतका कलाकारहरुको अभिनय रहेको फिल्म “ह्रस्व दीर्घ” को ट्रेलर सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, कार्तिक २३ २०८१

काठमाडौं । नेपाली र भारतीय फिल्मका चर्चित कलाकारहरू अभिनीत फिल्म “ह्रस्व दीर्घ” को ट्रेलर सार्वजनिक गरिएको छ।



बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा लभ, इमोशन र एक्सनलाई प्राथमिकता दिइएको छ। ट्रेलरमा फिल्मका अधिकांश कलाकारहरूलाई देखाइएको छ।

नीता ढुंगाना र हरिहर अधिकारीको वरिपरी फिल्मको कथा घुमेको ट्रेलरबाट बुझ्न सकिन्छ। चन्द्र पन्त निर्देशित “ह्रस्व दीर्घ”मा नीता र हरिहरका साथमा प्रदीप रावत, ब्रह्मानन्दम, विपना थापा, सुनील वर्मा, कबीर दुहान, रेखा थापा, सरोज खनाल, सञ्चिता लुईँटेल, किरण केसी, रवीन्द्र झा, गरिमा शर्मा, बुद्धि तामाङ, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायत कलाकारहरूको अभिनय छ।

नीता फिल्म्सको प्रस्तुति रहेको फिल्मको निर्मात्री नीता ढुंगाना हुन्। कथा र पटकथा हरिहरको रहेको फिल्मको संवाद प्रतिक पौडेलले लेखेका हुन्। फिल्मलाई भारतीय छायांकार कवीरलालले छायांकन गरेका हुन्।

फिल्मको बजेट ६ करोड रहेको बताइएको छ। “ह्रस्व दीर्घ” कात्तिक ३० गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend