logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

पाकिस्तानले दोस्रो एकदिवसीयमा सजिलै हरायो अस्ट्रेलियालाई


  • जन आकाश
  • शुक्रबार, कार्तिक २३ २०८१

काठमाडौं । घरेलु टोली अस्ट्रेलिया र पाकिस्तानबीचको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा पाकिस्तानले सहज जित निकालेको छ।



शुक्रबार एडिलेडमा भएको खेलमा पाकिस्तानले घरेलु टोलीलाई ९ विकेटले पराजित गरेको हो। अस्ट्रेलियाले दिएको १६४ रनको सामान्य लक्ष्य पाकिस्तानले १ विकेटको क्षतिमा २६.३ ओभरमै पूरा गर्‍यो ।

पाकिस्तनको जितमा ओपनर सइम अयुबले ८२ रन र अब्दुल्लाह शाफिक्वीले नटआउट ६४ रन जोडे। त्यसअघि टस जितेको पाकिस्तानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ३५ ओभरमा १६३ रनमै अलआउट भयो।

अस्ट्रेलियाका लागि स्टिभ स्मिथले सबैभन्दा बढि ३५ रन जोड्दा अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा पाकिस्तानका हरिस राउफले ५ विकेट लिए। उनले ८ ओभरम २९ रन दिए। शाहीन शाह अफ्रिदीले ८ ओभरमा १ मेडन राख्दा २६ रन दिए भने ३ विकेट लिन सफल भए।

जितसँगै तीन खेलको सिरिजमा एक एकको बराबरी भएको छ। यसअघि पहिलो खेल अस्ट्रेलियाले जितेको थियो। अब आइतबार पर्थमा निर्णायक तेस्रो खेल हुनेछ। त्यसपछि दुई टोलीबीच तीन खेलको टी-२० सिरिज हुनेछ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend