logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

बर्दिबासले जित्यो वनदेवीमाई गोल्डकपको उपाधि


  • जन आकाश
  • आइतबार, कार्तिक २५ २०८१

काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिका २ सीतापुरमा १२ औं वनदेवी माई अध्यक्ष गोल्डकपको उपाधि जनसेवी बर्दिबास टिमले जितेको छ ।



शनिबार सम्पन्न फाइनल खेलमा आयोगक वनदेवी युवा क्लवलाई दुई गोलले पराजित गर्दै गोल्डकपको उपाधि हात पारेको हो । उसले गोल्डकपको प्रथम उपाधि १ लाख ५१ हाजार नगदसहित सिल्ड जित्न सफल भएको हो । खेलको निर्धारित समयमै जनसेवी बर्दिबास टिमले २ गोल गर्न सफल भयो भने आयोजक एक गोलसमेत गर्न सकेन ।

फाइनलसम्म खेल्न सफल आयोजक टिम वनदेवी युवा क्लबले गोल्डकपको दोस्रो उपाधि नगद ५५ हजार रुपैयाँसहित सिल्ड जितेको हो । तिहारको अवसरमा स्थानीय वनदेवीमाई खेल मैदानमा कात्तिक १४ गतेदेखि आयोजना भएको गोल्डकपमा ८ वटा टिमले भाग लिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend