logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सुशान्त केसीको “बार्दली” गीत चर्चामा


  • जन आकाश
  • सोमबार, कार्तिक २६ २०८१

काठमाडौं । युवापुस्तामाझ चर्चित गायक सुशान्त केसीको पछिल्लो गीत “बार्दली” ले राम्रो चर्चा पाइरहेको छ।



दुई साताअघि सार्वजनिक गीत टिकटक, फेसबुक रिल्स लगायतमा छाएको छ। रिलिजको दुई सातामै भिडिओ करोड क्लब नजिक पुगेको छ।

गीतको भिडिओलाई आइतबार बेलुकासम्म ९७ लाखभन्दा बढी पटक हेरिएको हो। सम्भवतः सोमबारसम्ममा भिडिओलाई १ करोडभन्दा बढी पटक हेरिनेछ।

गीत युट्युब ट्रेन्डिङमा संगीत खण्डतर्फ शीर्षस्थानमा छ। “बार्दली” मा सुशान्त र इन्द्रकला राईको स्वर छ। गीतको रचना र संगीत सुशान्त केसीकै हो।

३ मिनेट ३२ सेकेण्डको भिडिओमा सुशान्तसहित आकृति राजभण्डारी, शशांक बोहरा, आन्ना शर्मा, निश्चल बस्नेत, सृष्टि श्रेष्ठ, स्वस्तिमा खड्कासम्म देखिएका छन्।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend