logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

फोटन माउन्टेन ईभी सार्वजनिक, एकैपटक १०० वटा डेलिभरी


  • जन आकाश
  • बुधबार, कार्तिक २८ २०८१

काठमाडौं । फोटन नेपालले नेपालका लागि विशेष डिजाइन गरिएको आफ्नो उत्कृष्ट माउन्टेन ईभीको १०० वटा सवारीसाधनहरू एकैपटक डेलिभरी गर्दै नेपाली बजारमा लन्च गरेको छ।



नेपालको जटिल भौगोलिक आवश्यकताहरूलाई ध्यानमा राखेर निर्माण गरिएको यो ईभीमा ५३.५८ पध्ज ब्याट्री समावेस गरेको छ, जसले पूर्ण चार्जमा ३०० किलोमिटरको सम्मको ड्राइभिङ्ग रेन्जको दिन्छ (एनडिइसी) साथै, यसमा १३० पध्ज अधिकतम पावर, ३३० अधिकतम टर्क, र २५५ ग्रेडेबिलिटी रहेको छ, जुन नेपाली बजारमा यस्ता विशेषताहरू भएको पहिलो विद्युतीय सवारी साधन बनेको छ।

एमएडब्लू वृद्धि समूहका निर्देशक विवेक सिकरिया भन्छन्, “आज हामी नेपाली बजारमा फोटन माउन्टेन ईभी भ्यान लन्च गर्न पाउँदा अत्यन्तै खुशी छौं –यो एक नवीनतम विद्युतीय सवारी साधन हो जसले नेपालको सवारी साधन क्षेत्रलाई नयाँ दिशामा लैजाने छ। नेपालका चुनौतीपूर्ण सडकहरूलाई मध्यनजर गर्दै माउन्टेन ईभी विशेष सुविधाहरूमा उपलब्ध रहेको छ ।”

एमएडब्लू वृद्धि समूहका सीईओ तुषार गुप्ता भन्छन्, “फोटन लगातार १९ वर्षसम्म चीनको शीर्ष ब्रान्डको रूपमा स्थापित रहेको, भारतमा सबैभन्दा धेरै ईभी बसको रुपमा बिक्री भएको, ९००,००० भन्दा बढी व्यवसायिक सवारी साधनहरूको रुपमा निर्यात र दक्षिण अमेरिकामा अग्र स्थानमा स्थापित भएको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend