जन आकाश
काठमाडौं । अभिनेता दयाहाङ राईले फिल्म पूर्णबहादुरको सारंगी हेर्दा आफूलाई निकै आनन्द महशुस भएको बताएका छन्।
बुधबार बेलुका काठमाडौंको सीडीसी सिनेमाजमा गरिएको विशेष शोमा पहिलोपटक यो फिल्म हेरेका दयाहाङले अभिनेता विजय बरालको सफलतामा आफू निकै खुसी रहेको बताए।
फिल्म हेरेपछि उनले भने, – एकदम आनन्द लाग्यो। फिल्म हेर्दा आफूलाई पनि कनेक्ट हुने। हरेक पात्रहरूमा आफूलाई पाएँ। म एक बाउ पनि हो। म छोरा पनि हो। श्रीमान पनि हो। साथी पनि हो। त्यो सबै चिजको कनेक्सन पाएँ।
सर्वाधिक कमाउने नेपाली फिल्मदेखि विभिन्न रेकर्ड कायम गरिरहेको पूर्णबहादुरको “सारंगी” मा विजय बराल मुख्य भूमिकामा छन्।मण्डला थिएटरबाट अभिनय करिअर सुरु गरेका दयाहाङ र विजयले एकसाथ काम गरेका कबड्डी देखि जारी लगायतका थुप्रै फिल्म हिट छन्।
अभिनेता दयाहाङले आफू विजयको संघर्षको साक्षी रहेको बताए। मैले विजयलाई चिनेको १७ वर्ष भयो। त्योबेलादेखि उसले अभिनय बाहेक अरू गरेको थिएन्। लगातार सिनेमा गरेको चाँहि १३ वर्ष भयो होला, दयाहाङले भने, यो उसको लगनशीलता हो। आफ्नो कामप्रतिको इमान्दारिता हो। यो सफलता त्यसको मूल्य हो। त्यसमा मलाई एकदमै गर्व र खुसी लागिरहेको छ। यो एकदिन हुनुथियो। अझै बढी हुने अपेक्षा गरेको छु। दयाहाङले विजयको अभिनयको खुलेर तारिफ गरे।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend