logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नौबागेले लेखेको सारा हासो बोलको गीत सार्वजनिक


  • जन आकाश
  • शुक्रबार, कार्तिक ३० २०८१

इनिस बुढाथोकी
काठमाडौ । सारा खुशी बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । जन आकाश मिडियाका अध्यक्ष तथा पत्रकार मोहन कार्कीको प्रमुख आतिथ्यमा, संगीतकार तथा कलाकार माधव भण्डरी, वरिष्ठ भिडियो इडिटर प्रेम शर्मा पौडेलको विशेष अतिथि तथा सञ्चारकर्मीहरुको उपस्थितिमा कार्यक्रम गरी उक्त सारा हासो बोलको म्युजिक भिडियो बाग बजारको लम्साल साउलकुल रेष्टुरेन्ट मा प्रमुख अतिथिको हातवाट युटुबमा क्लिक गरी सार्वजनिक गरिएको हो ।



उक्त गीत विशेष गरेर लव परेका जोडीको बीचमा धोका दिएको देखाईएको छ ।सारा हासो गीतको म्युजिक भिडियोमा लेखक बिजेन्द्र नौबागे आफैले अभिनय गरेका छन् । भने उनलाई अभिनयमा अस्मिता पुरी र दिलिप ढकालले साथ दिएका छन् ।

रुपक डोटेलले स्वर दिएर गीत अत्यन्तै मौलिक बनाएका छन् । भिडियो सम्पादन प्रेम शर्मा पौडेलले गरेका हुन् ।

कार्यक्रममा बोल्दै त्यस कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मोहन कार्कीले उक्त म्युजिक भिडियो निर्माण गरी बजारमा ल्याउनुहुने टिमलाई शुभकामना दिएका छन् । उनले थप्दै भनेका छन् । गीत संगीत क्षेत्रमा सृर्जना चै अगाडी अगाडी तर प्रगति भने पछाडी परेको सुन्दा दुखः लागेको बताएका हुन् । उनले नेपाली संस्कृतिको जगेर्ना गर्नु सवै नेपालीहरुको उत्तिक्कै दाईत्व हुनुपर्ने पनि बताए नेपालीहरु संस्कृति, सस्कारमा निक्कै धनि रहेको छ । सवै जातजाति, भाषाभाषिहरुको सदभाव र एकताले नै देशको विकास गर्न सकिने धारणा पनि उनले राखेका हुन् ।

त्यसैगरी विशेष अतिथि तथा संगीतकार माधव भण्डारी र प्रेम शर्मा पौडेलले म्युजिक भिडियो अत्यन्तै राम्रो बनेकोमा प्रशंसा गर्दै शुभकामना दिएका छन् ।
कार्यक्रममा अभिनय गरेकी नायिका किन नआकी भनेर एकछिन हासो पनि चलेको थियो ।

उक्त गीतलाई एक्टिभ इन्टरटेन्टमेन्ट प्रा.लि. आफ्नो अफिसियल च्यानल मार्फत बजारमा ल्याएकोे छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend