logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

उसा गजुरेल र सुरज पण्डितको आवाजमा “हजुरकै मायाले” गीत सार्वजनिक हुँदै


  • जन आकाश
  • आइतबार, मंसिर २ २०८१

काठमाडौं – लोकप्रिय गायिका उसा गजुरेल र संगीतकार सुरज पण्डितको आवाजमा “हजुरकै मायाले” बोलको गीत भोलि बेलुका ५ बजे उसा गजुरेल अफिसियल युट्युब च्यानलमा सार्वजनिक हुँदैछ ।



सुरज पण्डितको शब्द / संगीत रहेको यस गीतमा, उसा गजुरेल र सुरज पण्डितको समर्पित आवाजले गीतलाई थप मिठासपूर्ण बनाएको छ । यस गीतको यारेन्ज उदयराज पौडेलले गरेका छन्, भने भिडियो निर्देशन नारायण मगरको रहेको छ ।

गीतको भिडियोमा चर्चित मोडल कुशल बिष्ट र श्रयता मिश्राले अभिनय गरेका छन्, जसले गीतको दृश्य पक्षलाई आकर्षक बनाएको छ ।

गीत सोचे भन्दा धेरै राम्रो भएको र गीतले राम्रो प्रतिकृया पाउनेमा आफु सहित निर्माण टिम नै आशाबादी रहेको सम्राट दाहालले बताएकाछन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend