logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

“पूर्णबहादुरको सारंगी” को कमाइ ३४ करोड ३६ लाख


  • जन आकाश
  • सोमबार, मंसिर ३ २०८१

 काठमाडौं । तेस्रो सातामा पनि “पूर्णबहादुरको सारंगी” को व्यापारको रफ्तार घटेको छैन। यो फिल्मले अहिलेसम्म देशव्यापी ३४ करोड रूपैयाँभन्दा माथिको कमाइ गरिसकेको छ।



निर्माता विनोद पौडेलका अनुसार फिल्मले शनिबारसम्म ३४ करोड ३६ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ। विजय बराल अभिनीत यो फिल्मले सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड राखिसकेको छ। एकदिनमा सर्वाधिक धेरै कमाइ गर्ने, सर्वाधिक शो पाउने लगायतका रेकर्ड पनि फिल्मले राखेको छ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको “पूर्णबहादुरको सारंगी” मा विजय बरालसहित प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायत कलाकारहरूको अभिनय छ।

फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्। विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मका निर्माता हुन्। तेस्रो सातामा पनि फिल्म हाउसफुल चलिरहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend