जन आकाश
काठमाडौं । नेपाली मनोरञ्जन क्षेत्रका चर्चित कलाकार बिनोद श्रेष्ठले आफ्नो नयाँ सिरियल “मिरा” बजारमा ल्याएका छन् । बिनोद श्रेष्ठ, जसले भुन्टी, सकस, जुठे, भाउजु जस्ता लोकप्रिय टेलि सिरियल र फिल्ममा अभिनय गरेर दर्शकको मन जितेका छन् अब आफैले लेखेको कथा र आफ्नै अभिनयमा आधारित “मिरा” सिरियलको प्रस्तुति लिएर आएका छन् ।
“मिरा” सिरियल नेपाल उत्तम मुभिज प्रालिको व्यानरमा निर्मित छ र जीवनाथ गौतम (जीवन) द्वारा निर्देशन गरिएको छ । यो सिरियल मिरा अफिसियल युटुयुब च्यानलमार्फत प्रसारण भइरहेको छ र भरखरै एक भाग सार्वजनिक भइसकेको छ ।
सिरियलमा बिनोद श्रेष्ठको कथा र अभिनय मुख्य भूमिकामा रहेको छ । यसमा सविन बास्तोला, सपना श्रेष्ठ, जनकराम न्यौपाने, मना महर्जन, राधिका राउत, आर. बि. कटवाल, स्वानिका बास्तोला, सविता थपलिया, गोपाल ढुंगाना, रोशनी राउत, अनिल कटवाल, आकृति सिटौला, अर्जुन कटवाल, नारायण राई, अनिता चौलागाईं, शोभा थपलिया, रीता सिटौला, सागर रावल, आकाश थपलिया, जीवन गौतम, कैलाश अधिकारी, गोकुल लामिछाने, जीविका गौतम, दीया राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यो सिरियलको पटकथा र संवाद मौनता श्रेष्ठले लेखेका छन्, जसको छायांकन डम्बर राई, सम्पादन विक्रम शाक्य, संगीत हिमाल श्रेष्ठ, गीत शंकर घायल अधिकारी र गायिका निशु शर्मा द्वारा प्रस्तुत गरिएको छ । सिरियलको श्रृंगार शंकर बरालले गरेका छन्
।
मिरा सिरियल छोटो समयमा नै दर्शकहरूको बीचमा लोकप्रिय बनिरहेको छ । यसको नयाँ दृष्टिकोण र रचनात्मक प्रस्तुतिले नेपाली कलाकारिता क्षेत्रलाई नयाँ दिशा र उचाईमा पुर्याउने अपेक्षा समेत गरिएको छ । बिनोद श्रेष्ठको अभिनय र कथा लेखनले सिरियललाई थप आकर्षक र प्रभावशाली बनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend