logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

रि-रिलिज हुँदै अल्लू अर्जुनको “पुष्पा”


  • जन आकाश
  • बिहिबार, मंसिर ६ २०८१

काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन अभिनीत फिल्म पुष्पा रि-रिलिज हुने भएको छ।



फिल्मका निर्माताहरूले पुष्पा २ प्रदर्शन हुनुअघि “पुष्पा” रि-रिलिज गर्न लागेका हुन्। गोल्डमाइन्स टेलिफिल्म्सको अफिशियल एक्समा पुष्पाको टिजर रिलिज गर्दै फिल्म २२ नोभेम्बरदेखि प्रदर्शन हुने जानकारी दिइएको छ। यस घोषणापछि अल्लू अर्जुनका फ्यान उत्साहित भएका छन्।

हालै “पुष्पा २” को ट्रेलर सार्वजनिक गरिएको थियो। ट्रेलरलाई दर्शकले निकै रूचाएका छन्। सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका छ। पुष्पा २ डिसेम्बर ५ देखि हलमा रिलिज हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend