logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

बीवाईडीद्वारा ३०औं वार्षिकोत्सवको अवसरमा १ करोड(NEV)उत्पादन


  • जन आकाश
  • शुक्रबार, मंसिर ७ २०८१

काठमाडौं । नेपाल  – BYD को ३०औं वार्षिकोत्सव र १ करोडौं NEV विश्वव्यापी उत्पादनको अवसरमा, BYD र साईमेक्स इन्क.ले नेपालभर १०० विद्युतीय गाडी डेलिभरी गर्दै अर्को ठूलो उपलब्धि हासिल गरेको छ ।



यसले नेपाललाई दिगो यातायाततर्फ उन्मुख गराउने प्रयासलाई अझ बलियो बनाउदै हरित भविष्यप्रतिको BYD को प्रतिबद्धता देखाएको छ । यस उपलब्धिले BYD को विश्वव्यापी अटोमोटिभ इंडस्ट्रीमा भएको क्रान्तिकारी नेतृत्व र नेपालमा यसको बढ्दो प्रभावलाई झल्काउँछ ।

वार्षिकोत्सवको अवसरमा १०० विद्युतीय गाडी डेलिभरीले नेपालको दिगो यातायात समाधानप्रतिको रुचि र BYD को प्रविधिमाथि ग्राहकहरूको विश्वास प्रस्ट्याउँछ । विश्वव्यापी रूपमा, BYD  १ करोड NEV उत्पादन गर्ने पहिलो गाडी निर्माता बनेको छ, जसले नवप्रवर्तन, दिगोपन, र शून्य उत्सर्जन तर्फको भविष्यप्रतिको प्रतिबद्धता प्रमाणित गर्दछ ।

नेपालले हरित भविष्य अँगाल्दै गर्दा, साईमेक्स इन्क.ले BYD ATTO 3, BYD Dolphin, / BYD Seal जस्ता आधुनिक मोडलहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । यी गाडीहरूमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर, र उत्कृष्ट प्रदर्शनको कारणले नेपाली ग्राहकहरूको रोजाइमा परेका छन् ।

BYD को ३०औं वार्षिकोत्सवमा नेपालभर १०० गाडी डेलिभरीको उपलब्धि हाम्रो लागि गर्वको क्षण हो । यो हाम्रो टोलीको मेहनत र ग्राहकहरूको विश्वासको प्रमाण हो। संगसंगै, हामी नेपालको दिगो यातायाततर्फ यात्राको गति बढाउँन मदत गर्दैछु ।”

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend