logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

एमएडब्लू हायर पर्चेजले पायो उत्कृष्ट करदाताको सम्मान


  • जन आकाश
  • सोमबार, मंसिर १० २०८१

काठमाडौं । आन्तरिक राजश्व कार्यालय विराटनगरले एमएडब्लू हायर पर्चेज प्रा.लि.लाई यो पटकको उत्कृष्ट करदाताको सम्मान प्रदान गरेको छ।



कार्यलयले १३ औं राष्ट्रिय कर दिवस एवम् कर सप्ताहको समापन समारोहमा एमएडब्लूलाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो। कार्यालयका प्रमुख कर अधिकृत भूपालराज शाक्य र कार्यक्रमका प्रमुख अतिथी मोरंगका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले कम्पनीका महप्रबन्धक प्राणनाथ भट्टराईलाई उत्कृष्ट करदाताको प्रमाणपत्र प्रदान गर्दै उक्त सम्मान प्रदान गरेका थिए।

नेपाल राष्ट्र बैंकको इजाजतपत्र अनुसार वि.सं. २०६८ सालमा स्थापना भएको एमएडब्लू हायर पर्चेजले आफ्ना ग्राहकहरूलाई सजिलो र झन्झटमुक्त हायर पर्चेज समाधानहरू उपलब्ध गराउँदै आएको छ।

एमएडब्लू इन्टरप्राइजेजको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पानीले एक अग्रणी हायर पर्चेज फाइनान्सिंग कम्पनीका रूपमा मुख्यतया साना र मझौला कम्पनीका उद्यमीहरूलाई व्यावसायिक सवारी साधन र भारी उपकरणहरूको फाइनान्सिंग सेवा प्रदान गरेर उनीहरूका वित्तीय लक्यहरु प्राप्त गर्न मद्दत गर्दै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend