logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

अस्ट्रेलियासँगको पहिलो टेस्टमा भारतको शानदार जित


  • जन आकाश
  • सोमबार, मंसिर १० २०८१

 काठमाडौं । अस्ट्रेलियासँगको बोर्डर गाभस्कर ट्रफी अन्तर्गत पहिलो टेस्टमा भारतले शानदार जित निकालेको छ । भारतले अस्ट्रेलियालाई २९५ रनले हराएको हो ।



भारतले प्रस्तुत गरेको ५३४ रनको विशाल लक्ष्य पछ्याएको अस्ट्रेलिया चौथो दिनको खेलमा २३८ रनमा अलआउट भयो । यसअघि पहिलो इनिङमा अस्ट्रेलिया १०४ रनमा अलआउट भएको थियो ।

भारत पनि पहिलो इनिङमा १५० रनमा समेटिएकामा दोस्रो इनिङमा ४८७ रन बनाएर इनिङ समाप्तिको घोषणा गरेको थियो । त्यसपछि अस्ट्रेलियाले ५३४ रनको लक्ष्य पाएको थियो ।

दोस्रो इनिङमा अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ८९ रन बनाए । त्यसैगरी मिचेल मार्शले ४७ रन बनाए । भारतका लागि जसप्रित बुमराह र मोहम्मद सिराजले ३-३ विकेट लिए । त्यस्तै वासिङ्टन सुन्दरले २ विकेट लिए भने हर्षित राना र नितिश रेड्डीले १-१ विकेट लिए ।

यसअघि भारतका लागि दोस्रो इनिङमा यशश्वी जैसवाल र विराट कोहलीले शतक बनाएका थिए । जैसवालले १६१ रन बनाउँदा कोहली १०० रनमा अविजित रहे । केएल राहुलले ७७ रन बनाए ।

अस्ट्रेलियाका नेथन लायनले २ विकेट लिँदा मिचेल स्टार्क, मिचेल मार्श, प्याट कमिन्स र जोश हेजलवूडले १-१ विकेट लिए । त्यसअघि पहिलो इनिङमा टस जितेर पहिले ब्याटिङ गरेको भारत १५० रनमा अलआउट भएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend