जन आकाश
काठमाडौं । चर्चित र्यापर समिर घिसिङ “भिटेन” ले जापानमा कन्सर्ट गर्ने भएका छन्।
डिसेम्बर १४ मंसिर २९ मा टोकियोमा उनको कन्सर्ट हुन लागेको छ। एटम शिन्जुकुमा हुने कन्सर्टको अर्ली बर्ड टिकट सोल्ड आउट भइसकेको आयोजकले जनाएका छन्।
यो कन्सर्टलाई दाजुभाइ इन्टरटेन्मेन्टले प्रस्तुत गरेको हो। भिटेनले टोकियोअघि जापानको ओसाका र नागोयामा कन्सर्ट गर्नेछन्। ओसाकामा डिसेम्बर ९ र नागोयामा डिसेम्बर ११ मा कन्सर्ट हुनेछ।
त्यस्तै, फुकुओकामा डिसेम्बर २३ मा कन्सर्ट तय छ। युवापुस्तामाझ लोभलाग्दो फ्यान फ्लोइङ् भएका भिटनेसँग भेट्ने र उनको गीतमा प्रत्यक्ष रमाउने अवसर नछुटाउन आयोजकले आग्रह गरेका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend