जन आकाश
काठमाडौं । गायक समीर आचार्य र गायिका अन्नु चौधरीको स्वरमा रहेको “साली हो भाटु हो” बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ।
नेपमेलोको प्रस्तुति रहेको गीतमा गायक आचार्यकै शब्द, केशव बडुको संगीत उत्पादन छ। गीतमा नेपाली र थारू भाषाको मिश्रण छ।
चक्र बम, उषा उप्रेती र सृजन खरेलले भिडिओमा नृत्य गरेका छन्। जेरी भण्डारीको कोरियोग्राफी तथा निर्देशनमा बनेको भिडिओमा नवराज उप्रेतीको छायांकन, मिलन विश्वकर्माको सम्पादन छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend