जन आकाश
काठमाडौं । गायक तथा सर्जक सारमन श्री ल्वागुनको आवाजमा “साथि” बोलको गीत हालै सारमन अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक भएको छ।
उक्त गीतमा सारमनले आफ्नै शब्द र संगीत प्रस्तुत गरेका छन्, जसले गीतलाई थप विशेष र भावनात्मक बनाएको छ। गीतको एरेन्जरको भूमिकामा गोपाल रसाइली छन् भने, यसका निर्देशक र छायांकन विकास सापकोटाले गरेका छन्। गीतको भिडियोमा सुमन तिवारी, सरमन श्री ल्वागुन र सुमना तिवारीको अभिनय आकर्षक रुपमा देखिन्छ ।
“साथि” गीतको कथा दुई प्रेमीको बिछोडको मार्मिक पार्ने घटनामा आधारित छ, जसले छोटो समयमै दर्शकमाझ निकै चर्चा कमाएको छ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend