logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महानायक पद न मैले कहिल्यै दाबी गरेको थिएँ, न गर्नेछु : दीपकराज गिरी


  • जन आकाश
  • सोमबार, मंसिर १७ २०८१

काठमाडौं । सामाजिक संजाल प्रयोगकर्ता प्रायः अभिनेता दीपकराज गिरीलाई ‘महानायक’ भनेर टिप्पणी गरिरहेका भेटिन्छन् । यसो भनिनु पछाडि सम्मानभन्दा पनि कटाक्ष लुकेको देखिन्छ ।



यो कुरा दीपकलाई पनि थाहा नभएको होइन । खासगरि, कोरोना महामारीको समयदेखि ‘महानायक’ शब्द धेरै क्वाइन भैरहेको छ । महानायक भनेर कसलाई बोलाउने भन्नेमा सामाजिक संजाल प्रयोगकर्ता पनि विभाजित देखिन्छन् ।

संजाल प्रयोगकर्ताले आफूलाई महानायक भनिने कुरामा दीपक पनि अहिलेसम्म मौन थिए । तर, शुक्रबार बिहान उनी यो मामिलामा वाचाल सुनिए । चेतावनी समेत दिएका छन् ।

आफूले कहिल्यै महानायकको पद दाबी नगरेको र नगर्ने उनको भनाई छ । फेसबुकमा उनी लेख्छन्, ‘आजबाट जसजसले मलाइ महानायक सम्बोधन गर्नुहुन्छ, उहाँलाई मेरो फेसबुकमा ब्लक गर्दैछु । यो पद न मैले कहिले दाबी गरेको थिएँ न गर्नेछु । तर मैले बारम्बारभन्दा पनि भेडापन्थी देखाउने मानिस कमसेकम मेरो फेसबुकमा जोडिन सक्दैन ‘फरक बिचार स्वागत, असभ्यता अस्विकार’ शुभदिन ’।

फेसबुकलाई उनले आफ्नो बिचार पोख्ने थलो रहेको बताउँदै उनले आफूलाई के मनपर्छ त्यो कुरा प्लाटफर्म रहेको उल्लेख गरेका छन् । दीपकको यो पोस्टरमा १२ सयभन्दा धेरै कमेन्ट प्राप्त भएका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend