logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

बालखैको प्रेम असफल भएपछिको कहानीमा `सम्झना´ सार्बजनिक


  • जन आकाश
  • मंगलबार, मंसिर १८ २०८१

इनिश बुढाथोकी
काठमाडौं– नेपाली गीतसंगित क्षेत्रमा पछिल्लो समयमा जीवन सङ्घर्ष, सांस्कृतिक परम्परागत गीत, सामाजिक समस्या र यथार्थ आदी विषयवस्तुमा गीतहरू सार्वजनिक भइरहेको क्रममा ३ दिन अघि साङ्गीतिक बजारमा ‘सम्झना’ बोलको गीत बजारमा सार्वजनिक गरिएको छ ।



सुरज बुढाथोकीको शब्द सङ्गीत र विशाल निरौलाको संगीत सम्योजनमा रहेको यस गीतमा बाल्यकालमा भाडा कुटि खेल्दा खेल्दै माया बसेको पछि वयस्क हुँदै जाँदा बाल्यकालको प्रेम छुटेको विषयवस्तुलाई लिएर म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बाल्यकालमा हामी सबैले गर्ने रमाइलोहरू जस्तै भाडा कुटि खेलेको, बनमा गएर काफल टिपेर खाएको जस्ता शब्दले समेटिएको गीतलाई सुरोज बुढाथोकीकै र रन्जीता विश्वकर्मको सुमधुर स्वरले गीतलाई सजायका छन् ।

सन्जीब ठकुरीको कोरीयोग्राफि रहेको गीतमा सन्जीब स्वयम र यसु भट्टराईको मुख्य भूमिका रहेको छ । सन्जीब र यसुहरुको बाल्यकालको भूमिकामा रेविका श्रेष्ठ र उमङ्ग गौतम रहेका छन् । गीतमा खमेस श्रेष्ठको कथा र निर्देशन रहेको छ ।

रामकृष्ण कँडेलले छायाङ्कन गरेका छन् भने सन्तोष गिरीको युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त ‘सम्झना’ बोलको गीतमा सुरज बुढाथोकीको जन्म स्थलमा रहेका केही पर्यटकीय भुगोलहरूलाई समेत समेटेको देखिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend