logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

“ह्रस्व दीर्घ” फिल्मले १० करोड ६० लाख कमाएको निर्माताको दाबी


  • जन आकाश
  • बिहिबार, मंसिर २० २०८१

काठमाडौं । कात्तिक ३० गते रिलिज फिल्म ह्रस्व दीर्घले १० करोड ६० लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ।



फिल्मले नेपालमा १९ दिनमा उक्त कमाइ गरेको निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले जानकारी दिएकी छन्। चन्द्र पन्तको निर्देशन रहेको फिल्ममा नीता र अभिनेता हरिहर अधिकारी शीर्ष भूमिकामा छन्। साथमा ब्रह्मानन्दम, प्रदीप रावत, अली, कवीर दुहान सिंह, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईँटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसी लगायतको अभिनय छ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन्। बलिउडका सिनेमेटोग्राफर कवीरलालले फिल्म खिचेका हुन्। फिल्मलाई भारतमा समेत छिट्टै थिएटर रिलिज गरिने जनाइएको छ।

फिल्मलाई बिहीबारदेखि क्युएफएक्सलगायतका मल्टिप्लेक्स चेनले भने उतारेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend