logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेपालको सबैभन्दा महँगो लक्जरी गाडी BMW X7 xDrive 40i एक हप्ताभित्र बिक्री


  • जन आकाश
  • आइतबार, मंसिर २३ २०८१

काठमाडौं । नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एकमात्र आधिकारिक आयातकर्ता र डिलर, लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड पर्ने देशकै सबैभन्दा महँगो लक्जरी गाडी BMW X7 xDrive 40i ल्याएको एक हप्ताभित्र बिक्री गरेको छ ।



कम्पनीका अनुसार, यो मोडल कार्तिक २९, २०८१ मा नेपाल आयात गरिएको थियो। अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबूती, सुरक्षा, शक्ति, र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो ।

यस बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रस्ट रूपमा उजागर गरेको छ। कम्पनीले जनाए अनुसार BMW X7 xDrive 40i को छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ । यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend