logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एक्टिभ म्यूजिक प्रा.लि.को आयोजनामा दोश्रो फेस्टिवल म्युजिक अवार्ड


  • जन आकाश
  • शुक्रबार, मंसिर २८ २०८१

काठमाडौं– कपन सरस्वती नगर स्थित गोल्डेन पिक हाईस्कुलमा एक्टिभ म्यूजिक प्रा।लि।को आयोजनामा दोश्रो फेस्टिवल म्युजिक अवार्ड — २०८१ सम्पन्न भएको छ ।
उक्त कार्यत्रम नेपाल सरकारका पुर्व सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्री परशुराम तामाङ वाइबाको प्रमुख आतिथ्यता र एक्टिभ म्यूजिक प्रा।लि।का प्रबन्ध निर्देशक, सर्जक तथा कलाकार बिजेन्द्र नौबागेको सभापतित्वमा अवार्ड कार्यक्रम सम्पन्न भएको हो ।



नव उदयीमान कार्यक्रम उद्योषक देवेन्द्र शाहीले सन्चालन गरेको अवार्ड बितरण तथा सम्मान कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी शुभाष प्रसाद गजुरेल, नेपाली चलचित्रका नायक शितल के।सी।, लोकप्रिय गायक रुपक डोटेल, गोल्डेन पिक हाई स्कुलका प्रिन्सिपल छत्रमनि राई,दिवाकर भण्डारी ९सापटीकाका० लगायतको आतिथ्यता रहेको थियो ।

म्युजिक अवार्ड कार्यक्रमको मुख्य प्रायोजकको रुपमा गरिमा बिकास बैंक लिमिटेड, सुटमाला बागबजार रहेको थियो भने स्टुडियो सपोर्ट काठमाडौं डिजिटल स्टुडियो र मिडिया सपोर्टमा सारा खबर डटकम, तुफान न्युज डटकम, जन आकाश साप्ताहिक र मिलाप न्युज रहेका थिए ।

आयोजकको तर्फबाट प्रायोजकहरुलाई प्रमुख अतिथिबाट सम्मानपत्र दिईएको थियो भने कला सम्मान अन्तरगत बिशिष्ट कलाकार यादव बैरागी, साहित्य सम्मानबाट सुमित्रा भण्डारी, कला सम्मानबाट मोडल धिराज खत्री, मिडियाकर्मी सम्मानबाट डि।बि। पराजुली, युवा व्यवसायी सम्मानबाट राज कार्की, कला सम्मानबाट विनोद कार्की र दिलिप ढकाल, नव प्रतिभा सम्मानबाट देवेन्द्र शाही लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नव प्रतिभा कला सम्मान अन्तर्गत किरण तामाङ, हिरा लामा, शन्तोष बराईली, सम्राट तामाङ, नारायण डोटेल र प्रतिमा राई लाई समेत सम्मान पत्र प्रदान गरिएको थियो ।

अवार्ड कार्यक्रमका निर्णयक बरिष्ठ गीतकार प्रकाश सुबेदी, संगीतसंयोजक रिदम कँडेल, गीतकार सामना शाहले प्रदान गरेको नम्बर तथा ई सेवा मार्फत भोटीङ बाट प्राप्त भोटको आधारमा सर्वोत्कृष्ट चाडपर्व गीत गायक तिलक बस्नेत–गाउँ झै राम्रो, सर्वोत्कृष्ट चाडपर्व गीत गायीका सुनिता बुढा क्षेत्री – तिहार आयो नाच्न र गाउन, सर्वोत्कृष्ट चाडपर्व गीत शब्द÷संगीत कृष्ण श्वर्णकार–मखमली लाइन,सर्वोत्कृष्ट चाडपर्व गीत भिडियो मोडल ९पुरुष०दिनेस डागीं–प्रदेशीको घर,सर्वोत्कृष्ट चाडपर्व गीत भिडियो मोडल ९महिला० अस्मिता पुरी–झिलीमिली तिहार, सर्वोत्कृष्ट चाडपर्व गीत भिडियो निर्देशक दिपेन्द्र तिमिल्सेना–होलीमा,सर्वोत्कृष्ट चाडपर्व गीत भिडियो छायाङकार केशव अधिकारी खत्री–आउ बुढा नाचम,सर्वोत्कृष्ट चाडपर्व गीत भिडियो सम्पादन ओम प्रसाद प्रसाई–बुझे मैलै,सर्वोत्कृष्ट बाल गायिका मञ्जली तामाङ–रातो साडी, सर्वोत्कृष्ट बाल कलाकार आरिया शाही ठकुरी–रातो साडी, जुरी अवार्ड तुलसा सुनुवार लोक दोहोरी गायीका, पब्लिक च्वाईस अवार्ड भिडियो निर्देशक प्रियजन राई प्रोत्साहन अवार्ड भिडियो मोडल दिपेश एस केले हात पारेका थिए ।

कार्यक्रममा एक्टिभ म्यूजिक प्रा।लि।का प्रबन्ध निर्देशक,सर्जक तथा कलाकार बिजेन्द्र नौबागेले स्वागत मन्तव्य बाट सबैलाई स्वागत गरेका थिए भने बालकलाकार हरुले स्वागत नृत्य ,लोक प्रिय गायक तिकल बस्नेतको सांगीतिक प्रस्तुति , चर्चित गायक रुपक डोटेलको शुभकामना मनतव्य रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि परशुराम तामाङ वाईबाले वास्तबमा भन्नेहो भने यो राज्यले गर्ने काम हो तर यस कम्पनिले गरिरहेकोमा आफु निकै हर्षित भएको बताए । नेपाल सरकारको राज्य मन्त्री भएर यहि बिषयअन्तरगतको मन्त्रालयमा काम गरेकोले यो क्षेत्रको सुधारकोलागि नीतिगतरुपमै सुधार हुनु पर्नेमा वाइबाको जोड थियो ।

राज्यले नहेर्दा सम्म हामिले दिने भनेको सहानुभुती र प्रोत्साहन मात्र हो भन्दै राज्यलाई झक्झक्याउनु हामि सबैको दायीत्व भएको प्रमुख अतिथि वाइबाले बताए ।

व्यस्त समयको बाबजुद कला संस्कार र संकृति संरक्षणको लागि महत्वपुर्ण भुमिका निर्वाह तथा साथ र सहयोग गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमका सभापति एक्टिभ म्यूजिक प्रा।लि।का प्रबन्ध निर्देशक,सर्जक तथा कलाकार बिजेन्द्र नौबागेले कार्यक्रम समापन गरेका थिए ।
अवार्ड कार्यक्रमको अवसर पारेर आजै काँधैमा राईफल बोलको स्वदेशगानको समेत सार्वजानिक गरिएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend