logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गोकुलगगा गाउँपालिका राष्ट्रपति रनिङ्शील आजवाट बेतालीमा शुरु


  • जन आकाश
  • शुक्रबार, मंसिर २८ २०८१

oplus_2

रामेछाप । रामेछापको गोकुलगगा गाउँपालिका राष्ट्रपति रनिङशील कप आजवाट बेतालीको जन जागृत माविमा शुरु भएको छ। बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार कार्कीको सभापतित्वमा भएको कार्यक्रममा रामेछाप जिल्लाका प्रतिनिधिसभा सदस्य तथा उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङको प्रमुख अतिथिमा राज्यमन्त्री तामाङले दिप प्रज्वलन गरी कार्यक्रम शुरु भएको थियो।



प्रमुख अतिथि राज्यमन्त्री तामाङ आफु पनि यसै गोकुलगगा गाउँपालिकाको नागरिक भएको र रामेछाप जिल्लाभरिका तपाइहरुले भोट हालेर चुनाव जिताइ आज राज्यमन्त्री सम्म बनाउनु भयो भन्दै रामेछापका बिशेष गरेर गोकुलगगा गाउपालिकाका जनतालाइ धन्यवाद दिएका छन् ।

कार्यक्रमको स्वागत मन्तव्य जन जागृत माविका प्रधानध्यापक बाबुराम घिमिरेले राखेका थिए। उनले आजका विद्यार्थी भाइबहिनीहरुनै भोलिका कर्णधार हुन । ससारमा मानिसको प्रगति गर्न धेरै पक्षहरु छन । त्यसमा खेलकुद पनि एक हो भनेर सम्बोधन गरेका थिए।

कार्यक्रममा पालिका अध्यक्ष काजि बहादुर खडका विशेष अतिथि, वडा अध्यक्षहरु अतिथि, राजनितीक पार्टीका प्रतिनिधिहरु, विविस अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो। खेल हेर्न स्थानिय नगरिकहरु विद्यालयको छ्टमा बसेर चउरको डिलमा बसेर मनोरञ्जन लिएका देखिन्थे । खेल सिक्षकहरु आफ्ना खेलाडीलाइ जिताउन सवै कम्मर कसेर लागेका देखिन्थे।

आज भएका खेलहरुको तालिका यसप्रकार छ।

१०० मिटर दौड पुरुषतर्फ

कमलादेवि प्रथम

शरादा मावि दृतिय

जट्टेस्वरी तृतीय

महिलातर्फ

शारादा मावि प्रथम

जन जागृत मावि दृतिय

कमलादेवि तृतिय

सटफुट पुरुष तर्फ

जन जागृत प्रथम

शारदा मावि दृतिय

जट्टेस्वरी तृतीय

लमजम्प महिलातर्फ

शारदा मावि प्रथम

गोकुलगगा मावि दृतिय

कमलादेवि तृतीय

पुरुषतर्फ लमजम्प 

कमलादेवि प्रथम

गोकुलगगा दृतिय

शारदा मावि तृतीय

पुरुषतर्फ ज्याब्लिङ थोरो

गोकुलगगा मावि प्रथम

सेतिदेवि मावि दृतिय

जट्टेस्वरी तृतीय

महिलातर्फ ज्यालिङ थोरो

गोकुलगगा प्रथम

जन जागृत दृतिय

श्री मावि फर्पु तृतीय

 

४०० मिटर रनिङ पुरुष तर्फ

जन जागृत प्रथम

गोकुलगगा मावि दृतिय

कमलादेवि तृतीय

४०० मिटर रनिङ महिला तर्फ

जन जागृत प्रथम
गोकुलगगा दृतिय

कमला मावि तृतीय

महिला भलिबलमा

कमालादेविले जट्टेस्वरी बिच भएको खेलमा कमलादेविले फर्पुलाइ  पराजित गरेको छ।

अर्को खेलमा गोकुलगगा मावि र फर्पु बिच भएको खेलमा गोकुलगगा माविले फर्पुलाइ पराजित गरेको छ।

बाकि खेलहरु भोलि निरन्तर चल्नेछन । ३० गते भव्य कार्यक्रम गरी बिजेता खेलाडीहरुलाइ पदक ट्र्फी प्रदान गर्ने आयोजकले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend