जन आकाश
रामेछाप । रामेछापको गोकुलगगा गाउपालिकास्तरीय राष्ट्रपति रनिङ्शील सप्पन्न भएको छ। यहि गएको मंसिर २८ गते राष्ट्रका लागि खेलकुद, स्वास्थका लागि खेलकुद भन्ने मुल नाराका साथ रामेछाप जिल्लाका प्रतिनिधिसभा सदस्य उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ्ले दिप प्रज्वलन गरि शुरु भएको थियो।
त्यसपछि निरन्तर रुपमा २९, ३० गते तिनदिनसम्म प्रतियोगिताको जिम्मा पाएको जन जागृत मावि बेतालीको खेलकुद मैदानमा भएको प्रतिस्पर्धामा आयोजक जन जागृतिले सवैभन्दा बढी स्वर्ण पदक जितेर रनिङशीलको ट्रफी उचालेको छ।
जन जागृत माविले आफ्नो घरेलु मैदानको फाइदा उठाउदै ११ स्वर्ण, ७ रजत र २ कास्य गरि कुल २० पदकका साथ प्रथम भएको हो।
त्यसौगरी गएको वर्ष रनिङशीलको ट्रफी बिजेता शारदा मावि ठोसेले ७ स्वर्ण, ४ रजत र ८ कास्य सहित १९ पदक सहित द्रोस्रो स्थानमा चित्त बुझाएको छ।
२०७९ को बिजेता गोकुलगगा मावि पात्लेले ६ स्वर्ण, १२ रजत, १ कास्य सहित तेस्रो स्थानमा कायम गरेको छ। गएको वर्ष पनि तेस्रो स्थानमा नै रहेको थियो।
कमलादेवि मावि नमाडीले ३ स्वर्ण, २ रजत ८ कास्य पदक सहित चौथो स्थान प्राप्त गरेको छ।
सेतीदेवि मावि सङवाडाडाले २ स्वर्ण, १ रजत २ कास्य सहित
पाचौ स्थानमा प्रगति गरेको छ।
श्री मावि फर्पुले १ स्वर्ण, १ रजत, ६ कास्य सहित छैठौं स्थान कायम गरेको छ।
जट्टेस्वरी माविले स्वर्ण पदक जित्न नसकेपनि ३ रजत र ७ कास्य जितेर अन्तिम स्थान पक्का गरेको हो।
देशैभरी यो सिजनमा राष्ट्रपति रनिङशील हुने गरेका छन् । नयाँ प्रतिभाहरु प्रस्फुटन हुन भन्ने उदेश्यले राष्ट्रपति रनिङ्शील नामवाट खेलकुदको आयोजना हुदै आएको छ।
तर खेलकुदको विकासमा नेपालले सोचेको लक्ष्य प्राप्त गर्न सकेको छैन।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend