logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

शिव सागर खड्का र अस्मिता अधिकारीको आवाजमा “च्वांके बालेर” सार्वजनिक


  • जन आकाश
  • मंगलबार, पुष २ २०८१

काठमाडौं । गायक तथा सर्जक शिव सागर खड्का र चर्चित गायिका अस्मिता अधिकारीको आवाजमा “ च्वांके बालेर” बोलको गीत सार्वजनिक भएको छ ।



उक्त गीतको शब्द / संगीत चर्चित संगीतकार बावुल गिरीको रहेको छ भने लोकप्रिय गायिका अस्मिता अधिकारी र  गायक शिव सागर खड्काले मिठासपूर्ण आवाज दिएका छन्। भिडियो निर्देशन दिलिप समनले गरेका हुन् जसमा विवेक कार्की र अम्बिका तामाङको अभिनय आकर्षक देखिन्छ।

आधुनिक शैलीमा तयार पारिएको यस गीतले माया, पिरतीको भावनालाई प्रस्तुत गरेको छ, जसमा गायक खड्का र गायिका अधिकारीको आवाजलाई विशेष प्रशंसा गरिएको छ ।

गायक खड्काले पछिल्लो समय नेपालका चर्चित गायिकाहरूसँग सहकार्य गर्दै थुप्रै गीत  बजारमा सार्वजनिक गरिसकेकाछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend